Logo

६ विश्वविद्यालयमा भिसी नियुक्त गर्ने सरकारको तयारी



काठमाडौं, २ माघ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले ६ ओटा विश्वविद्यालयमा छिट्टै उपकुलपति नियुक्त गर्ने स्पष्ट पारेका छन् । ती विश्वविद्यालयमा उपकुलपतिहरु नियुक्तिका लागि प्रतिपक्ष दलको सहमति खोज्दा ढिलाइ भएको र अब छिट्टै नियुक्ति गरिने मन्त्री पोखरेलको स्पष्टोक्ति थियो ।

बिहीबार संसदको शिक्षा तथा स्वास्थ्य समितिमा बोल्दै मन्त्री पोखरेलले यस्तो बताएका हुन् । उनले उपकुलपति ‘सर्च कमिटी’ले नाम टुंगो लगाइसकेकाले केही दिनमै नियुक्त हुने दाबी गरे । प्रधानमन्त्री केपी शर्मा ओलीले उपकुलपति नियुक्तिमा प्रतिपक्ष दलको सहमति लिनुपर्ने भन्दै रोकेका कारण ढिलाइ भएको मन्त्री पोखरेलको भनाइ थियो ।

पूर्वाञ्चल विश्वविद्यालय, मध्यपश्चिमाञ्चल विश्वविद्यालय, नेपाल संस्कृत विश्वविद्यालय, सुदूरपश्चिमाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय र कृषि तथा वनविज्ञान विश्वविद्यालय लामो समयदेखि उपकुलपतिविहीन रहेका छन् ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्