Logo

सरकारको रवैया ठीक छैन, सर्वसत्तावाद स्वीकार्दैनौँ : जोशी



माघ २, दाङ । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तथा पूर्व उद्योग मन्त्री नविन्द्रराज जोशीले प्रधानमन्त्री केपी शर्मा ओली सर्वसत्तावादी मार्गमा अघि बढेको आरोप लगाएका छन् ।

झापा क्षेत्र नं ५ को कमल गाउँपालिका र दमक नगरपालिकाका कार्यकर्ता भेटघाट कार्यक्रममा जोशीले सो कुरा बताएका हुन् । जोशीले शक्ति विकेन्द्रीकरण गर्नुपर्ने ठाउँमा शक्ति आफु केन्द्रीकृत गरि झापा र सिङ्गो मुलुककै जनताको मतको अपमान गरेको आरोप लगाए ।

जोशीले सरकारको रबैयाका कारण कोहि पनि सन्तुष्ट नरहेको र सरकार भ्रष्टाचारमा रुमलिरहेको आरोप समेत लगाए ।

फरक प्रसङ्गमा नेता जोशीले सरकारले हाल सरकारले सदनमा प्रस्तुत गरेका विधेयकहरु लोकतान्त्रिक मूल्य, मान्यता र संविधानको भावना विरित जनताको अधिकार विपरीत आएको तर्क प्रस्तुत गरे ।


मानव अधिकार विधेयक, मिडिया विधेयक, सूचना तथा सञ्चार विधेयक फिर्ता लिनुको विकल्प नरहेको जोशीले बताए । सामाजिक सञ्जालबाट सरकारको विरोध भएको भएर सरकारले अन्य एकात्मक व्यवस्था भएको मुलुकको झैँ सामाजिक सञ्जाललाई नियन्त्रण गर्न तर्फ अघि बढेको जोशीको अरोप छ ।

कार्यकर्ताको जिज्ञासाका जवाफ दिदै जोशीले आगामी महाधिवेशन मङ्सिरमा गर्ने कार्यतालिका ल्याउनुको विकल्प नरहेको समेत बताए ।

कार्यक्रममा सांसद् महिन्द्रा लिम्बू, संविधानसभा सदस्य विश्वदीप लिङ्देन लगायत जिल्लास्तरीय नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।



प्रतिक्रिया दिनुहोस्