Logo

एरिकाको गुन्युचोली : ओली, दाहाल र देउवाको शुभकामना



माघ २, काठमाण्डौ । पत्रकार ऋषि धमलाकी छोरी एरिका धमलाको गुन्यू चोली कार्यक्रममा नेकपाका अध्यक्ष पुष्पकमल दाहालदेखि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासम्मको उपस्थिती रह्यो ।

हिजो साँझ काठमाण्डौको एक पार्टी प्यालेसमा सम्पन्न कार्यक्रममा शुभकामना दिन पुगेका नेकपा अध्यक्ष दाहालले एरिकाको हातको समस्याबारे चासो व्यक्त गरेका थिए । एरिकालाई शुभकामना दिदै दाहालले हातको उपचार कसरी गर्न सकिन्छ भन्नेबारे चासो व्यक्त गरेका हुन् ।

त्यसैगरी कांग्रेस सभापति देउवाले पनि शुभकामना दिदै एरिकाको हातको समस्याबारे चिन्ता व्यक्त गरेका थिए । प्रधानमन्त्री केपी ओलीलाई निम्तो गरिए पनि उपस्थित भएनन् । ओलीले आफू स्वास्थ्य अवस्था पूर्ण ठीक नभएकाले उपस्थित हुन नसकेको जानकारी गराएका थिए ।

उपस्थित नभए पनि ओलीले सल्लाहाकारहरुसँगको कुराकानीमा एरिकाको गुन्युचोली कार्यक्रमबारे चासो राख्दै शुभकामना सन्देश पठाएका थिए । सल्लाहाकारहरु डा. राजन भट्टराई, विष्णु रिमाल र सूर्य थापासँगको बसाईमा ओलीले शुभकामना सन्देश सुनाइदिन लगाएका थिए ।

प्रेस संयोजक सूर्य थापाले प्रधानमन्त्री ओलीले पठाएको शुभकामना सन्देश ऋषि धमलालाई सुनाएका थिए ।



प्रतिक्रिया दिनुहोस्