Logo

२२औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस : गृहमन्त्री थापा र मेयर शाक्य यसो भन्छन् (फोटोफिचर)



काठमाडौं, २ माघ । आज २२औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाईएको छ । बिहीबार काठमाडौंको भूगोल पार्कमा आयोजित उक्त कार्यक्रममा नेपाल सरकारका गृहमन्त्री रामबहादुर थापाले सुरक्षित पूर्वाधार निर्माणका लागि नागरिकलाई सचेत बनाउनुपर्नेमा जोड दिएका छन् । उनले विपदलाई सही ढंगले व्यवस्थापन गर्न सके मात्रै समृद्ध नेपाल, सुखी नेपालीको अभिभारा पूरा गर्न सकिने पनि विश्वास दिलाए ।

मन्त्री थापाले सुरक्षीत पूर्वाधारमा पहिलो कुरा नै नागरिक सचेतना हुने बताए । उनले नागरिकहरुलाई सचेत बनाउने सकेको अवस्थामा त्यसले दिगो सुख र समृद्धिको आधार निर्माण गर्ने विश्वास दिलाए ।

त्यस्तै, कार्यक्रममा काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले पनि सरकारले पूर्वधार निर्माणमा ध्यान दिएको दाबी गरे । उनले कमजोर पूर्वाधारका कारण कुनै पनि मानवीय क्षति नहोस् भन्नका लागि सरकारले पूर्वाधारण निर्माणमा विशेष ध्यान दिएको स्पष्ट पारेका हुन् ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्