Logo

अबुधावी बस दुर्घटनामा ज्यान गुमाउनेमध्ये दुई नेपाली महिला



अबुधावीं, २ माघ । संयुक्त अरब इमिरेट्सको अबुधावीमा भएको बस दुर्घटनामा दुई जना नेपाली महिलाको ज्यान गएको छ । छ जनाको ज्यान जानेगरी भएको दुर्घटनामा पाँचजना महिला भएको बुझिएको छ । जसमध्ये दुई नेपाली महिला भएको जानकारी प्राप्त भएको छ ।

गल्फ न्युजका अनुसार पाँच महिलामध्ये एक नेपाली र एक श्रीलंकाली महिला छन् । मर्नेमध्येका एक पुरुष पाकिस्तानी नागरिक हुन् र उनी बसका चालक पनि हुन् । अर्की महिला पनि नेपाली भएको बुझिएको छ । बाँकी दुईजना कुन देशका नागरिक हुन् स्पष्ट भएको छैन । घटनामा पाँच महिलासहित एक पुरुषको मृत्यु भएको थियो । पुरुष चालक पाकिस्तानी हुन् ।

तीनजना मृतक कुन देशका नागरिक हुन् भन्ने पहिचान भएको छैन । युएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले घाइते १६ जना नेपाली नागरिक भएको जानकारी दिएका छन् । दुर्घटनाग्रस्त बसमा १८ जना नेपाली रहेकामा १६ जना घाइते भएको पुष्टि भएको छ । बाँकी दुईजना मृतक नेपाली भएको बुझिएको छ । दुवैजना महिला हुन् । यसको औपचारिक पुष्टि हुन बाँकी छ ।

बिहिबार विहान स्थानीय समयअनुसार साँढे पाँच बजे अल राह रोडमा भएको घटनामा चालकदलका सदस्यसहित २४ जना चढेको बस ट्रकसँग ठोक्किदा दुर्घटनामा परेको थियो । एउटा ट्याक्सी अचानक रोकिएपछि दुईवटा लरी रोकिएका थिए । त्यसपछि पछाडि रहेको बस नरोकिंदा लरीसँग ठोक्किएको थियो ।

ट्रक रोकिएको र तिव्र गतिमा आएको बसले पछाडिबाट ठक्कर दिएको थियो । दुर्घटनाको भिडियो दृश्य हेर्दा बस चालकको लापरबाही देखिन्छ ।

दुर्घटनाको भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्