Logo

भीम रावललाई थापाको जवाफ : सुर्य थापा हत्या र धम्कीको कुरामा विश्वास गर्दैन् (भिडियोसहित)



काठमाडौं, ३ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य तथा पूर्व उपप्रधानमन्त्री भीम बहादुर रावललाई मिडियाबाजी नगर्न कडा चेतावनी दिएका छन् । बिहीबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको चर्चित कार्यक्रम जनता जान्न चाहन्छन् मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो चेतावनी दिएका हुन् ।

उनले भने,”उहाँले एउटा टेलिभिजन अन्तर्वार्तामा गैरजिम्मेवारी अभिव्यक्ति दिनुभयो । उहाँले त्यस्तो अभिव्यक्ति दिएपछि मैले भनेको छु उहाँले सपनामा त्यस्तो, तन्द्रामा त्यस्तो, निद्रामा त्यस्तो देख्नुभयो होला । तर, कसले सोच्न सक्छ ? भीम रावलजतिको नेता वा कोही मान्छेलाई बालुवाटारबाट धम्की दिने ? उहाँलाई भनिएको कति हो भने, मैले स्टाटसमा उहाँको तथ्यहिन, आत्मभत्र्सना गरिएको, तथ्यको भ्रष्टीकरण गरिएको, निन्दा गरिएको, र बालुवाटारबाट कालो मुस्लो धुँवा निस्कियो भन्ने तथाकथित कविताको मैले आलोचना गरेको हुँ । र, म तपाईलाई प्रष्ट भन्न चाहन्छु रावलजी यो सरकार बनेयता कुनै एउटा विन्दुमा पनि सरकारको प्रतिरक्षा, सरकारको राम्रो कामको समर्थन होईन यस्तै वाहियात कुराहरु गरेर सरकारलाई बद्नाम गर्ने, सरकारका कामहरुलाई विवादित बनाउने, कमिकमजोरी छन् भने तिनलाई अतिरञ्जना गर्ने, बढाईचढ्याँई गर्ने, र सरकारलाई जनतामा लोकप्रिय हुनबाट जनताको ध्यान अन्यत्र मोड्ने (खासगरी सत्तारुढ दलको सांसद वा नेता होईन आफ्ना कुण्ठाहरुले भरिपूणृ भएर प्रतिपक्षीभन्दा पनि अझ दुई कदम अघि बढेर बोल्दै आउनुभएको छ । एक होईन अनेक काण्डमा ।”

सरकारकोबारेमा पर्दाफास गर्न कसले जिम्मेवारी तोकेको छ ? भन्दै थापाले प्रतिप्रश्न गरे । भीम रावल चाहीँ देशभक्त अनि अरु देशघातीजस्तो गरेर प्रस्तुत भैरहेको भन्दै उनले यो भन्दा तथ्यहिन अरु केही हुनै नसक्ने पनि टिप्पणी गरे । उनले अघि थपे,”यो स्टन्टबाजी उहाँले किन गरिरहनुभएको छ ? बालुवाटारबाट उहाँलाई किन धम्की दिनु ? सुर्य थापा हत्यको कुरामा, धम्कीको कुरामा विश्वास गर्दैन् । भीम रावलजी अगुवा, पछुवा सुरक्षा घेरा, डेढ दर्जनभन्दा बढि सुरक्षाकर्मीसहित सरकारी प्रवन्धमा सुरक्षित हुनुहुन्छ । भीम रावलजी रक्षामन्त्री, गृहमन्त्री भैसकेको व्यक्ति हो । उहाँलाई हामी मुलतः लेख्ने, पढ्ने काम गरेर आएका मान्छेहरुले धम्की किन दिने ?”

फरक प्रसँगमा बाहिर अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच सम्बन्ध चिसिएकोजस्तो देखिएपनि सौहार्दपूर्ण, आत्मिय र खुल्ला सम्बन्ध रहेको थापाको भनाई छ । आज भएको अध्यक्षद्धयबीचको छलफलमा पनि खुलस्त कुराकानी भएको उनको दाबी छ । file photo



प्रतिक्रिया दिनुहोस्