Logo

देशभर हिउँदे वर्षा : बिहीबारदेखि बढेको चिसो एक सातासम्म रहने



काठमाडौं, ३ माघ । केही दिन खुलेको मौसम बिहीबारबाट फेरि बदली भएको छ। बिहीबारदेखि देशभर दिउँदे वर्षा सुरु भएको छ।

तीन दिनसम्म सफा मौसम हुँदा सामान्य रहेको जनजीवन वर्षाका कारण फेरि प्रभावित बनेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार, मुलुकको पूर्वी मध्य तथा पश्चिमी अधिकांश भू–भागमा हल्का र मध्यम वर्षा भएको छ। पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले एक सातासम्म झरी पर्ने मौसमविद्को भनाइ छ। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मिनकुमार अर्यालले भने, ‘हिउँदे वर्षा पुनः सुरु भएको छ। मौसम देशव्यापी रुपमा फेरिएको छ।’ हिमाली एवम् उच्चपहाडी भूभागमा हिमपात भएको छ। तराईका भू भागमा हुस्सु र कुहिरो लागेको छ। बिहीबारदेखि बढेको चिसो एक सातासम्म रहने मौसम विज्ञान विभागले जनाएको छ। तराईमा हुस्सु र कुहिरो लाग्नेछ। न्युनतम तापक्रममा भने उल्लेखनीय परिवर्तन हुनेछैन।

शुक्रबार र शनिबारदेखि अधिकतम तापक्रम घट्ने विभागले जनाएको छ। साताको अन्त्यतिर मुलुकभर मौसम सफा रहने मौसम पूर्वानुमान शाखाको अनुमान छ। साताको अन्त्यतिर बुधबार र विहिबार मौसम प्रणालीमा सुधार आउने छ। मौसम सामान्यतया सफा रहने छ। ‘आगामी चारदिनसम्म दिउँसो चिसो महसुस हुनेछ। मंगलबारदेखि मौसममा क्रमिक सुधार देखिने छ।’ मौसमविद् अर्यालले भने।
अन्नपूर्ण पोष्ट्बाट



प्रतिक्रिया दिनुहोस्