Logo

पर्यटकीय गन्तव्य बन्दै राष्ट्रिय विभूति पार्क



काठमाडौँ, ३ माघ । पोखरा महानगरका विभिन्न चोकमा भएका सालिकलाई व्यवस्थापन गर्न निर्माण गरिएको राष्ट्रिय विभूति तथा शहीद पार्क पर्यटकको गन्तव्य बन्दै गएको छ । पोखरा महानगरपालिका–१८ स्थित पर्यटकीय दृष्टिकोणले अति महìवपूर्ण सराङकोटमा उक्त पार्क निर्माण सुरु गरिएको थियो ।

पार्कमा विभिन्न शहीदका सालिक राखिएका छन् । १०८ शहीदका सालिक राख्ने गरी काम थालिएको पोखरा महानगर प्रमुख मानबहादुर जिसीले बताए । पार्क निर्माणका लागि छ करोड रुपियाँभन्दा बढी लगानी हुने उनले जानकारी दिए । पार्क पूर्ण रूपमा निर्माण भएपछि थप आकर्षणको केन्द्र बन्ने र यसले गण्डकी प्रदेशको पर्यटन प्रवद्र्धनमा थप सहयोग पुग्ने प्रमुख जिसीको दाबी छ ।

पार्कको सबैभन्दा माथिल्लो भागमा राष्ट्र निर्माता पृथ्वीनारायण शाह, पुष्पलाल श्रेष्ठ, जनयुद्धका शहीद भीमसेन दाहाल गरी तीनवटा सालिक राखिएको र स्वर्गीय रवीन्द्र अधिकारी र योगेन्द्रमान शेरचनको सालिक राखिने महानगरपालिकाले जनाएको छ ।
गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्