Logo

लगातार वर्षा र हिमपातले जनजीवन प्रभावित



काठमाडौं, ३ माघ । हिजो देखि देखि देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ । काठमाडौं उपत्यकालगायत पहाडी भेगमा लगातार वर्षा भइरहेको छ । उपत्यकामा विहान पनि वर्षा जारी छ ।

उच्च पहाडी र हिमाली भेगमा हिमपात भएको छ । लगातारको वर्षा र हिमपातले जनजीवन प्रभावित भएको छ । चीसोले मानिसहरु कमैमात्र घरबाट निस्किएका छन् ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको मध्य तथा पूर्वी भू भागमा सामान्य देखि पूर्ण बदली रहनेछ । देशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको।मध्य तथा पुर्वी उच्च पहाडी तथा हिमाली भेगका केही स्थानहरुमा भारी हिमपातको सम्भावना रहेको छ भने पश्चिमी उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ ।



प्रतिक्रिया दिनुहोस्