Logo

मोदीले रुचाएका ‘प्रतिआतंकवादी डेक्स’ हेरिसकेका भारतीय राजदूत कवात्रा



काठमाडौं, ३ माघ । यतिबेला विनय मोहन कवात्रा फ्रान्सका लागि भारतीय राजदूत छन् । उनी अर्को महिनामा नेपाल आएर राजदूतको जिम्मेवारी सम्हाल्नेछन् । मञ्जिव सिंह पुरी सेवानिवृत्त भई भारत फर्किएपछि को राजदूत आउँदैछन् भन्ने चासो नेपाल र भारतभित्र भइरहेको थियो । धेरैको अनुमानलाई गलत सावित गर्दै विजयमोहन राजदूतका रुपमा नेपाल आउने पक्का भएको छ ।

कोत्रा १९८८ को भारतीय विदेश सेवा आइएफएस ब्याचका अफिसर हुन् । उनी नरेन्द्र मोदी पहिलोपटक प्रधानमन्त्री भएको बेलामा विदेश मन्त्रालयमा प्रतिआतंकवादी डेक्स हेर्थे । उनलाई पछि प्रधानमन्त्री कार्यालयमा विशेष ड्युटीसहितको जिम्मेवारी दिइएको थियो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले निकै रुचाएका उच्च अधिकृत हुन् कवात्रा । सहसचिव बनेर विदेश मन्त्रालयबाट प्रधानमन्त्री कार्यालयमा लगिनुमा उनको विशेष क्षमता कारण थियो । मोदीले उनलाई निजी सचिव बनाउन खोजेका थिए । उनलाई प्रधानमन्त्री कार्यालयमा विशेष जिम्मेवारी दिएर अर्का युवा अधिकृतलाई निजी सचिव बनाएका थिए ।

क्वात्रा विज्ञानका विद्यार्थी थिए । एमएससी गरेपछि भारतको लोकसेवा आयोगको परीक्षा उत्तीर्ण गरी आइएफएस बनेका थिए । जेनेभामा पोष्टिङ्ग हुँदा उतै अन्तर्राष्ट्रिय सम्बन्धको स्नातक तहको अध्ययन पूरा गरेका थिए ।

निवर्तमान राजदूत मञ्जिव सिंह पुरी पनि नेपाल आउनुअघि यूरोपमा थिए । कवात्रा पनि यूरोपबाट नेपाल सरुवा भएर आउँदैछन् । उनीसँग झण्डै ३० वर्ष विदेश सेवामा काम गरेको अनुभव छ । सन् १९८८ मा भारतीय विदेश सेवामा आइपिएस अफिसरका रुपमा सेवा शुरु गरेका उनीसँग भारतको स्थायी प्रतिनिधिका रुपमा संयुक्तराष्ट्रसंघको जेनेभास्थित कार्यालयमा काम गरेको अनुभव छ । आइएलओ र डब्लुएचओ जस्ता संयुक्तराष्ट्रसंघीय संस्थामा भारतको प्रतिनिधिका रुपमा जिम्मेवारी सम्हालेका थिए । जेनेभामा रहँदा नै अन्तर्राष्ट्रिय सम्बन्धको अध्ययन पनि गरेका थिए ।

कवात्राले संयुक्तराष्ट्रसंघसम्बन्धित डेस्क र मिसनमा बढी काम गरे । सन् १९९३ देखि २००३ सम्को दश वर्ष राष्ट्रसंघसम्बन्धित भारत डेक्समा काम गरेका थिए । सन् २००३ देखि २००६ सम्म चीनका लागि भारतीय राजदूतावासमा समेत काउन्सलरका रुपमा काम गरे । उनी पछि डिसिएम समेत भएका थिए । उनी चीनबारे समेत जानकार छन् । भारतीय विदेशमन्त्री एस. जयशंकर राजदूत हुँदा समेत उनले काम गरेका थिए । कवात्रानेपालबारे समेत जानकार छन् । उनी सन् २००६ देखि २०१० सम्म नेपाल बसेका थिए ।

काठमाडौंस्थित सार्क सचिवालयमा व्यापार ब्युरोको प्रमुख भएर काम गरे । नेपाललाई त्यतिबेला कवात्राले नजिकबाट बुझ्ने मौका पाएका थिए । सन् २०१० देखि २०१३ सम्म अमेरिकास्थित भारतीय राजदूतावासको वाणिज्य ब्युरो प्रमुखमा रुपमा काम गरे । उनले साउथ ब्लकमा अमेरिका र क्यानडा डेक्स पनि हेरे । क्वात्राले दुई वर्ष भारतको प्रधानमन्त्री कार्यालयमा सहसचिवका रुपमा समेत जिम्मेवारी सम्हालेका थिए । त्यसपछि उनी फ्रान्सका लागि राजदूत भएका थिए ।-एजेन्सीको सहयोगमा



प्रतिक्रिया दिनुहोस्