Logo

टिकौलीको चौरमा रितुको झुटो माया जाल



चितवन, ३ माघ । गायिका रितु कँडेलले जब झुटो माया जाल बोलको गीत गायिन् तब माहोल नै तात्तियो । युवायुवती नाँच्दै मन्चमै पुगे । रितु झन् जोसका साथ गाउन थालिन् ।

पछिल्लो समय लोकप्रीयताको शिखर चुम्दै गरेकी गायिका रितु कँडेल जहाँ जहाँ पुग्छिन्, त्यहाँ माहोल नै बदलिन्छ । बिहीबार चितवन रत्ननगर महोत्सवमा पुगेकी रितु स्टेज चढ्नै लाग्दा दर्शकदीर्घाबाट हुटिङ सुरु भइहाल्यो, ‘माया वर वर’ ।

रितुको गीत सुन्न ठूलो संख्यामा दर्शक महोत्सवमा पुगेका थिए । रितुलाई वन्स मोरको अफर आएपछि उनी गीत नगाई सुखै पाइनन् ।
चितवनको गौरवको रुपमा लिईएको रत्ननगर महोत्सवको १० औं संस्करण रत्ननगर उद्योग बाणिज्य संघको आयोजनामा टिकौली चौरमा शुरु भएको छ । महोत्वसमा प्रत्येक दुई वर्षमा हुँदै आएको छ । यस वर्ष महोत्वसमा उत्साहजनक उपस्थिति भइरहेको छ । महोत्सवमा चर्चित कलाकारहरुको प्रस्तुती हुँदै आएको छ ।

यस पटकको महोत्सवमा ५ लाख दर्शकले अवलोकन गर्ने तथा ५० करोड बरावरको आर्थिक कारोवार हुने अनुमान गरिएको रत्ननगर उद्योग बाणिज्य संघका अध्यक्ष एवंम् महोत्सवका संयोजक राजाराम रेग्मीले बताए ।

महोत्सवमा उद्योग, व्यापार, कृषि, पर्यटन, कला, सँस्कृति, बस्तु एवं सेवाका पाँच सय भन्दा बढी वटा स्टल छन् । महोत्सव माघ ४ सम्म सञ्चालन हुनेछ ।



प्रतिक्रिया दिनुहोस्