Logo

ठेक्कापट्टाको रकम भुक्तानी नभएपछि मन्त्रीको तस्बिरमा जुत्ता प्रहार



जनकपुरधाम, ३ माघ । प्रदेश नम्बर २ मा सबैभन्दा बढी भ्रष्टाचार भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रतिवेदन आएकै हप्ता ठेक्कापट्टाको रकम भुक्तानीमा विवाद र अनियमितता छताछुल्ल भएको छ । उपभोक्ता समिति बनाएर राजनीतिक दलका कार्यकर्ताले काम गरेपनि भुक्तानी नपाएको भन्दै मन्त्रीको तस्बिर राखेर जुत्ता हानेका छन् ।

जनकपुरधामको जिरोमाइलमा मन्त्रीको फोटोमा जुत्ताले हान्दै पिटेपछि प्रहरीले चारजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा रोशन ठाकुर, रोशन सिंह राजपूत, शंकर शाह र विमलेश चौधरी छन् । पक्राउ परेकाहरु सत्तारुढ दलकै कार्यकर्ता हुन् । रोशन सिंह राजपूत राजपाको युवा संघका अध्यक्ष पनि हुन् ।

उपभोक्ता समिति बनाएर काम गरेकोमध्ये ८६ करोड रुपैयाँ भुक्तानी हुन बाँकी छ । रकम भुक्तानी नभएपछि समितिहरु आन्दोलनमा छन् । भुक्तानीको विषयलाई लिएर प्रदेशसभाको बैठक अवरुद्ध छ ।



प्रतिक्रिया दिनुहोस्