Logo

कालापत्थरमा हुने विश्व किर्तिमानी फेसन रनवेको मेडिकल पार्टनर नेपाल मेडिसिटी



औषधि लगायतको सामाग्री सहित मेडिकल टिम तयार 
ललितपुर, ३ माघ । संसारकै सर्वोच्च शिखर सगरमाथाको आधार शिविर, कालापत्थरमा माघ ११ गते आयोजना हुन लागेको माउण्ट एभ्रेष्ट फेसन रनवेमा सहभागी हुने राष्ट्रिय तथा अन्तराष्ट्रिय कलाकारहरुको नेपाल मेडिसिटी अस्पतालले स्वास्थ्य उपचार गरेको छ ।

५ हजार १ सय ६४ मिटर उचाईमा रहेको आधार शिविरमा आयोजना हुने यो कार्यक्रम विश्वकै उचाईमा आयोजना गर्न लागिएको पहिलो फेसन कायक्रम हो जुन गीनीज वल्र्ड रेकर्ड दावेदार हो ।

जलवायु परिवर्तनले पारेको नकारात्मक असरबारे विश्व समुदायको ध्यानाकर्षण गर्ने उद्देश्यका साथ कालापत्थरमा आयोजना हुने रनवेका लागि सहभागिले लुक्लाबाट कार्यक्रम स्थल सम्म र त्यहाबाट लुक्लासम्म आउनका लागि १४ दिनको पैदल यात्रा गर्नेछन् । उचाई, चिसो, र सुख्खापनलाई मध्यनजर गर्दै नेपाल मेडिसिटी अस्पतालले मेडिकल टिम र आवश्यक सामाग्री उपलब्ध गराएको छ । साथै आकस्मिक अवस्थामा उद्धारका लागि हेलिकोप्टर सेवा उपलब्ध हुने छ ।

काठमाडौंबाट माघ ३ गते कालापत्थरका लागि यात्रा शुरु गरिने र सो का लागि आवश्यक तयारीका लागि चिकित्सकहरुले माघ १ गते, बुधबार नेपाल मेडिसिटी अस्पतालकै अडिटोरियम हलमा आकस्मिक उपचार सेवा, छाला तथा शरिर रक्षा एवंम् शारिरीक तन्दुरुष्टिका बारेमा जानकारी गराउने कार्यक्रम राखिएको छ ।

नेपालीहरुलाई उपचारकै लागि विदेश जानु पर्दैन भन्ने सन्देश प्रदान गर्दै आएको अस्पतालले नेपालमा मेडिकल टुरिजम्का लागि प्रशस्त सम्भावना रहेको विश्वास राख्दै आएको छ । संसारकै उच्च शिखर सगरमाथाको आधार शिविरमा आयोजना हुने माउण्ट एभरेष्ट फेसन रनवेले विश्वसामु नेपाललाई चिनाउने आशा राखिएको छ ।

मेडिसिटी अस्पतालले उक्त रनवे सौन्दर्य कार्यक्रमभन्दा माथि उठि राष्ट्रिय गौरवको कार्यक्रम भएकाले कार्यक्रमका सहभागीलाई स्वास्थ्योचिार प्रदान गर्न पाएकोमा खुशी व्यक्त गर्दै आयोजकलाई इतिहास रच्ने कार्यका लागि शुुभकामना व्यक्त गरेको छ । सहभागीहरु माघ ३ गते लुक्ला प्रस्थान गर्दैछन् । मेडिकल टीमले सम्पूर्ण तयारी पूरा गरेको छ ।



प्रतिक्रिया दिनुहोस्