Logo

ओली-प्रचण्ड भेटवार्ता भइरहँदा किन बालुवाटार पुगे देउवा



काठमाडौं, ३ माघ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्धय केपी शर्मा ओली र प्रचण्डले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई बालुवाटारमा बोलाएर भेटवार्ता गरेका छन् । सबैभन्दा पहिले प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्डले आपसी छलफल गरेका थिए । त्यसलगत्तै देउवालाई बोलाएका थिए ।

प्रधानमन्त्रीको सरकार निवास बालुवाटारमा ओली र प्रचण्डलाई भेट्न देउवा पुगेपछि आज महत्वपूर्ण सहमतिको अपेक्षा गरियो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सत्यनिरुपण तथा मेलमिलाप आयोग गठनबारे छलफल भएको जानकारी दिएका छन् ।



प्रतिक्रिया दिनुहोस्