Logo

उपचार गर्न भारत गएका रामचन्द्र पौडेल राजनीतिक भेटवार्तामा व्यस्त



काठमाडौं, ३ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल यतिवेला भारतमा छन् । स्वास्थ्योपचारको लागि भारत गएका भनिएका नेता पौडेलले भारतका प्रभावशाली नेताहरुसँग राजनीतिक भेटवार्ता गरेका छन् । उनले भारत पुग्नेबित्तिकै सबैभन्दा पहिलो भेटवार्ता भाजपाका पूर्व अध्यक्ष तथा वर्तमान रक्षामन्त्री राजनाथ सिंहसँग भेटर्वाा गरेका थिए ।

भारतको नयाँ दिल्लीमा भएको उक्त भेटवार्तालाई पौडेलको सचिवालयले सार्वजनिक गरेको थियो । सचिवालयका अनुसार उक्त भेटवार्तामा नेपाल भारतबीचको सम्बन्धका बारेमा छलफल भएको थियो । साथै पौडेल र सिंहका बीचमा नेपालको पछिल्लो राजनीति अवस्था तथा विश्व राजनीतिका बारेमा छलफल भएको बताइएको छ ।

पार्टीभित्र आन्तरिक विवाद छताछुल्ल भैरहेको अवस्थामा नेता पौडेल स्वास्थ्योपचरको लागि भारत गएको बताएपनि राजनीतिक भेटवार्तामा सामेल हुनुलाई कांग्रेसी नेताहरुले पनि राम्रो मानेका छैनन् । कतिपयले यस्तो बेलामा भारतीय नेताहरुसँग भेट्नुले गलत सन्देश गएको पनि तर्क गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्