Logo

चार बलात्कारीको फाँसी निश्चित



दिल्लीमा आठ वर्ष अघि भएको बलात्कारको घटनामा दोषी पाइएका चारजनाको फाँसी निश्चित भएको छ । भारतीय राष्ट्रपति रामनाथ कोविन्दले दोषीमध्येका एक मुकेश सिंहको दया याचिका अस्वीकृत गरिदिएपछि उनीहरुको फाँसी निश्चित भएको हो ।

शुक्रबार भारतीय राष्ट्रपति कोविन्दले दया याचिका अस्वीकृत गरेका हुन् । दया याचिका अस्वीकृत भएपछि ३२ वर्षीय मुकेश सिंह, २६ वर्षीय विनय शर्मा, ३१ वर्षीय अक्षयकुमार सिंह र २५ वर्षीय पवन गुप्ता गरी चारैजनालाई कुनैपनि बेला फाँसी दिइनेछ ।

यसअघि चारैजनालाई विहान ७ बजे स्थानीय समय, २२ जनवरी अर्थात् ८ माघ बुधबारका दिन फाँसीको सजाय तोकिएको थियो । मुकेश सिंहले राष्ट्रपतिसमक्ष दया याचिका गरेपछि फाँसीको मिति सरेको थियो ।

अब भारतको दिल्लीस्थित तिहार जेलमा चारजनालाई फाँसी दिइने छ । उनीहरुलाई आठ वर्षअघि दिल्लीमा भएको बलात्कारपछि ज्यान गुमाएकी २३ वर्षीया मेडिकल विद्यार्थीमाथि कुकार्य गरेको घटनामा दोषी ठहरिएपछि फाँसी दिन लागिएको हो । फाँसी दिन लागिएको घटनामा सँसारभरको ध्यान गएको छ ।
दिल्लीमा साँझपख बस रोकेर केटा साथीसँगै चढेकी निर्भया नाम दिइएकी मेडिकल विषयकी विद्यार्थीलाई निर्मतापूर्वक बलात्कार गरिएको थियो ।

सामूहिक बलात्कारपछि युवती रडले गुप्तांगमा प्रहार गरी फालिएकी थिइन् । सडकमा फालिएकी उनको गम्भीर अवस्थामा उद्धार गरेपनि जीवन जोगिएन । तत्कालिन कँग्रेस आई सरकारले सिंगापुरमा लगेर समेत उपचार ग¥यो । तर, उनको शव मात्र फर्कियो । निर्भयाको शव लिन सोनिया गान्धी समेत इन्दिरा गान्धी विमानस्थल पुगेकी थिइन् । उक्त घटनाले महिला हिंसाविरुद्धका अभियन्ताहरु कडा रुपमा प्रस्तुत भए । भारतमा महिलाहरु असुरक्षित भएको सन्देश गयो ।

घटनाका दोषीहरुलाई सीसीटीभी फुटेजबाट पत्ता लगाइएको थियो । उनीहरु बसमा पर्दा राखेर बढेको पत्ता लाग्यो । बसभित्रै घम्साघम्सीको केही दृश्य पत्ता लगाएपछि पक्राउ गरिएको थियो । पक्राउ गरिएकाहरु दिल्लीको झुपडीवस्तीमा बस्ने गरेका थिए । उनीहरुलाई पक्राउ गरेपछि एकजनाले जेलभित्रै आत्महत्या गरेका थिए ।

आठ वर्षको अदालती प्रक्रियापछि चारजनाको फाँसीको सजाय टुंगो लागेपछि उनीहरुलाई झुण्डाउने डोरी विहारको जेलमा बन्नेछ । जल्लाहद तयार गरी झुण्डाइनेछ ।

१६ डिसेम्बर सन् २०१२ मा भएको घटनामा निर्भयामाथि बलात्कार भएको थियो । घटनाको आठ वर्षपछि दोषीलाई फाँसी दिइन लागिएको हो । यसैले पनि यसबारे चासो बढेको छ । यसअघि भारतको तेलंगना राज्यमा एक भेटनरी डाक्टरलाई बलात्कारपछि जिउँदै जलाएर मार्नेहरुलाई प्रहरीले इन्काउन्टरमा मारिदिएको थियो । प्रहरी नियन्त्रणमा रहेका उनीहरुलाई घटनास्थलमा लगी अनुसन्धान गर्न लैजाँदा प्रहरीमाथि आक्रमण गर्न खोज्दा जवाफी कारबाहीमा गोली चलाउँदा मृत्यु भएको भनियो । पछिल्लो समय महिला हिंसा र बलात्कारविरुद्ध भारत सरकार कडा बन्दै गएको छ । एजेन्सीको सहयोगामा



प्रतिक्रिया दिनुहोस्