Logo

विश्वविद्यालयका पदाधिकारी हटाउने प्रावधानप्रति गगन थापाको आपत्ति



काठमाडौं, ३ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता तथा सांसद गगन कुमार थापाले विश्वविद्यालयका पदाधिकारी ५१ प्रतिशतले हटाउने प्रावधानले विश्वविद्यालयको स्वायत्ततामाथि प्रहार गर्ने भन्दै संसदको शिक्षा तथा स्वास्थ्य समितिमा आफ्नो फरक धारणा राखेका छन् ।

बिहीबार बसेको समितिको उक्त छलफलमा सांसद थापाले नियुक्त भएका पदाधिकारीलाई सरकार वा मन्त्रालयले दिएको कुनै निर्देशनको पालना नभएको अवस्थमा सरकारले चाहेको बेला हटाउन सक्ने प्रावधानले विश्वविद्यालयको स्वायत्ततामाथि प्रहार गर्ने टिप्पणी गरेका थिए । उनले सरकारले चाहेको बेलामा हटाउन सक्ने आधार निर्माण गर्नु गलत भएको बताएका छन् ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम 



प्रतिक्रिया दिनुहोस्