Logo

सेल्फ डिफेन्सको अन्तर्राष्ट्रिय सेमिनार ८–१६ माघमा नेपालमा हुने (विज्ञप्तिसहित)



काठमाडौ, ३ माघ । सेल्फ डिफेन्सको अन्तर्राष्ट्रिय सेमनार नेपालमा आयोजना हुने भएको छ । माघ ८ देखि १६ गतेसम्म काठमाडौं, जनकपुर र पोखरामा सम्मेलन आयोजना हुने नेपाल सेल्फ डिफेन्स संघले आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।

नेपाल सेल्फ डिफेन्स संघका अध्यक्ष डीबी रानापालले अन्तर्राष्ट्रिय सेमिनारमा सेल्फ डिफेन्सका ग्राण्ड मास्टर र विभिन्न देशका सेल्फ डिफेन्स पदाधिकारी सहभागी हुने बताए । कार्यक्रममा अमेरिका र पोल्याण्डका ग्राण्ड मास्टरहरु विशेष अतिथिका रुपमा सहभागी हुने जानकारी दिए । सेमिनारले आत्मरक्षा तालिमको महत्व र आवश्यकताबारे छलफल गर्ने, सेल्फ डिफेन्ससँग सम्बन्धि प्रशिक्षक तयार पारी भविष्यमा सम्पूर्ण जिल्लामा तालिम संचालन गर्ने, हिंसाकाविरुद्ध एकताबद्ध हुन आवाज बुलन्द गर्ने, पर्यटन प्रवद्र्धनमा सयोग गर्ने, खेलकुद प्रतियोगितामार्फत् देशलाई पदक दिलाउने उद्देश्य राखेको बताए ।

अध्यक्ष रानापालले राज्यमा हुने हिंसा न्यनिकरण गर्नको लागि सेल्फ डिफेन्सको तालिम तथा प्रशिक्षण अभियान चलाइएको बताए । सेल्फ डिफेन्सलाई प्रभावकारी बनाउन तालिम तथा प्रशिक्षणको आवश्यकता महशुश गरी सेमिनार आयोजना गर्न लागिएको उनको भनाई थियो । उनले भने, ‘यो तालिमले विशेषगरी चेलीबेटीहरुलाई फाइदा पुग्ने अपेक्षा गरेका छौं ।’ नेपाल भ्रमण वर्षको समयमा पर्यटनलाई टेवा दिने उद्देश्यले आफ्नो संस्थाले विभिन्न स्थानमा आत्म रक्षाको तालिम दिने जानकारी दिए । देशभित्र र विदेशबाट समेत सेल्फ डिफेन्ससम्बन्धि जानकारहरु आउने बताए ।

सेल्फ डिफेन्सकी उपाध्यक्ष सन्जु महर्जनले आफ्नो रक्षा आफै कसरी गर्न सकिन्छ भन्ने नारा बोकेको सेल्फ डिफेन्सले नेपालका ४० जिल्लामा समिति गठन गरिसकेको बताइन् । सेल्फ डिफेन्सका लागि हरेक जिल्लामा प्रशिक्षक उत्पादन गर्ने उद्देश्यका साथ प्रशिक्षण दिइरहेको जानकारी दिइन् । खेलकुदमा लागेकालाई मात्र नभई अन्य महिलालाई पनि तालिम दिइने उद्देश्य राखिएको बताइन् । सेल्फ डिफेन्सले २९ हजारलाई सेल्फ डिफेन्ससम्बन्धि सामाग्री वितरण गरेको बताइन् । सेल्फ डिफेन्समा आवश्यक आर्थिक जोहो पदाधिकारीबाट नै जुटाइरहेको भन्दै सरकारबाट आवश्यक सहयोग नपाइरहेको गुनासो गरिन् ।

सेल्फ डिफेन्सकी महासचिव नुतन श्रेष्ठले प्रेस बिज्ञप्ती पढेर सुनाएका थिए । उनले सेल्फ डिफेन्सको महत्वबारे प्रकाश पारेकी थिए । सेल्फ डिफेन्स अन्तर्राष्ट्रिय सेमिनारमा झण्डै २० लाख खर्च गरेर सेमिनार आयोजना गर्न लागेको जानकारी दिए । सेल्फ डिफेन्स खेलकै रुपमा विकास गर्दै लगिएको उनको भनाई थियो । आफुहरुले आजसम्म सरकार र विदेशी निकायको सहयोग नपाएको पनि जानकारी दिएका थिए । सेल्फ डिफेन्स सम्पुर्ण मार्सल आर्ट खेल भित्र पर्ने सबै विधालाई एकत्रित गरी स्वयम् आत्म रक्षाम्मक खेलको विकास गर्न गठन भएको संस्था भएको जानकारी दिए ।

प्रेस विज्ञप्ति
नेपाल सेल्फ डिफेन्स संघ
अन्र्तराष्ट्रिय सेल्फ डिफेन्स सेमिनार
१. परिचय
सेल्फ डिफेन्स सम्पूर्ण मार्सल आर्ट खेल भित्र पर्ने विधालाई एकत्रित गरी स्वयम् आत्म रक्षात्मक खेलको विकास गर्न गठन भएको संघ हो । यो संघ नेपालमा विधिवत् रुपमा सन् २०१६ बाट जिल्ला संघ तथा खेलाडी उत्पादनमा सक्रीय रहेको छ । हाल यसको प्रधान कार्यालय काठ्माण्डौमा रहेको छ । नेपालमा संघको स्थापनासँगै अन्र्तराष्ट्रियस्तरको आबद्धता, अन्र्तराष्ट्रिय स्तरको प्रशिक्षण लगायतको आवश्यक्ता पर्ने भएकाले सन् २०१६ बाट यो संघले पोर्चुगल, संयुक्त राज्य अमेरिका तथा पोल्याण्डसँग सहकार्य गर्ने गरी अन्र्तराष्ट्रिय आबद्धताको प्रक्रिया अघी बढाएका छौं । सो अन्र्तराष्ट्रिय मान्यतासँगै पोर्चुगल, अमेरिका तथा पोल्याण्डमा रहनु भएकाले सेल्फ डिफेन्सका ग्राण्ड मास्टरहरुले सम्बन्धित खेललाई अझ आधुनिकीकरण, ब्यवस्थित एवं मजबुत बनाउन बिभिन्न योजनाहरुमा छलफल गराउनु हुने प्रावधान समेत रही आएको छ ।
नेपालमा यसको स्थापनाकाल सँगै प्रथम पटक पर्यटन र खेलकुदलाई प्रबद्र्धन गर्ने उद्देश्य सहित प्रथम अन्र्तराष्ट्रिय सम्मेलन सोलुखुम्बु जिल्लाको सोलुदुधकुण्ड नगरपालिका वडा नंं ८ को पर्यटकीय स्थल पत्ताले बजारमा सम्पन्न भई सकेको छ । सो सम्मेलनमा पोर्चुगलबाट आउनुभएका सेल्फ डिफेन्सको ग्राण्ड मास्टर सहित २२ जनाको बिदेशी पाहुनाले नेपाली सेल्फ डिफेन्स प्रशिक्षक, खेलाडी लगायतलाई प्रशिक्षण एवं छलफल गराईएको थियो । सोही कार्यक्रमको सफलताबाट प्रेरित हुँदै नेपालमा पुनः दोश्रो पटक अन्र्तराष्ट्रिय स्तरको सम्मेलन आयोजनाको तयारीमा अहिले संघ जुटेको छ ।
नेपाल सरकारले घोषणा गरेको पर्यटन बर्ष २०२० लाई समेत टेवा पु¥याउने उद्धेश्य सहित नेपाल सेल्फ डिफेन्स संघले सन् २०२० को जनवरी महिनामा नेपालका प्रमुख शहरहरु काठ्माण्डौ, पोखरा तथा जनकपुरमा सेल्फ डिफेन्ससँग सम्बन्धित अन्र्तराष्ट्रिय सेमिनार संचालन गर्ने योजना बनाएको छ । सेमिनारलाई सहजिकरण गर्न संघले अमेरिका तथा पोल्याण्डबाट संघले ग्राण्ड मास्टरहरुलाई निमन्त्रणा पठाई सकेको र अतिथीहरुले पनि आउने प्रतिबद्धता जनाई सक्नु भएको छ । यसले गर्दा पनि नेपालमा हुन लागेको अन्र्तराष्ट्रिय सम्मेलन सफल बनाउन हामी सबैको दायित्व हुन आएको छ ।
मार्सल आर्टका विधिन्न विधाका खेलले नेपाललाई धेरै अन्तराष्ट्रिय पदकहरु दिलाई रहेको वर्तमान अवस्थामा यसको प्रबद्र्धन गर्न सकेको खण्डमा पर्यटन प्रवद्र्धन समेत गर्न सकिन्छ । तर, सेल्फ डिफेन्स नेपालमा भर्खरै मात्र स्थापना भएको संघ भएको हुँदा यथोचित रुपमा स्रोत परिचालन गर्न नसकी आम्दानी अभिवृद्धि समेत हुन सकेको छैन । अन्य खेलहरुमा जस्तै यस खेलमा नेपाल सरकार तथा खेलकुदसँग सम्बन्धित अन्य निकायबाट हालसम्म कुनै पनि सहयोग तथा बजेट विनियोजन हुन सकेको छैन । जसले संघ, पदाधिकारी तथा खेलाडीहरुको वृत्तिविकासमा सोचे अनुरुपको प्रगति हुन सकेको छैन । कुनै पनि संघ, संगठनको वृत्तिविकास हुन विभिन्न अध्ययन भ्रमण, सभा सेमिनारमा सहभागी हुन आवश्यक हुन्छ ।
एसियामा नै महिला तथा किशोरी माथि दुव्र्यवहार र हिंसाका घटनाका कुराहरु बाहिर आएको पाइन्छ । यसमा नेपाल पनि अछुतो हुन सकेको छैन । यस प्रकारको घटना सम्बोध गर्न विभिन्न नीति नियम र दस्तावेजहरु बनेका छन् । महिलामाथि हुने सबै प्रकारका विभेदपूर्ण व्यवहार, मुल्यमान्यता ती मुल्यमान्यताबाट स्थापित सबै प्रकारका विभेदपूर्ण व्यवहारहरु महिलाको मानवअधिकारको हनन् हो । यस्ता हिंसा र विभेदपूर्ण मूल्यमान्यतालाई स्थापित गर्न अपनाएका विभेदकारी प्रव्रिmयाहरूले भने सम्पूर्ण समाजलाई नै प्र्रत्यक्ष र परोक्ष रुपमा नै असर पारेको छ । महिला र किशोरी माथि हुने सबै प्रकारका विभेदपूर्ण व्यवहार, हिंसा तथा दुव्र्यवहार कानूनतः दण्डनीय छन् । तथापि महिला तथा किशोरीहरुले असुरक्षा र असुविधा वा प्रतिकुल परिस्थितिको सामना गर्नुपर्ने बाध्यता छ ।

महिला माथि हुने हिंसा तथा दुव्र्यवहारबाट हुने जोखिम कम गर्नका लागि पहिले महिलाहरु आफै प्रतिकार गर्न सक्षम हुन जरुरी छ र सर्वसाधरणमा सचेतना बढाउनु आवश्यक छ । त्यसै गरी यससँग सम्बन्धित तालिम प्रदान गर्नको लागि अन्तरराष्ट्रिय स्तरको प्रशिक्षक उत्पादन गर्नु पनि अति आश्यक छ । यहि कुरालाई मध्यनजर राख्दै तालिम प्रदान गर्ने प्रशिक्षकहरुलाई आत्म सुरक्षाको विधिहरुबारे क्षमतायुक्त बनाउनका लागि अन्तरराष्ट्रिय स्तरको आत्म सुरक्षा तालिम नेपाल सेल्फ डिफेन्स संघले सञ्चालन गर्ने प्रस्ताव पेश गरेका छौं ।

२. उद्देश्य
क) महिला तथा पुरुष दुबैलाई कुनै न कुनै बखत आत्मरक्षाका लागि आफै तयार हुनु पर्ने हुन सक्छ तसर्थ उनिहरुलाई आत्मरक्षा तालिमको महत्व र आवश्यक्ता बारे जानकारी गराउने,
ख) सेल्फ डिफेन्ससँग सम्बन्धि प्रशिक्षक तयार पारी भविष्यमा यस्ता तालिम सम्पुर्ण जिल्लामा संचालन गर्ने,
ग) पछिल्लो समय नेपालमा बढ्दै गएको हिंसाका बिरुद्ध एकताबद्ध हुन आवाज बुलन्द पार्ने,
घ) बिदेशी प्रशिक्षकहरुलाई नेपालको बारेमा जानकारी गराई पर्यटन प्रबद्र्धनमा सहयोग गर्ने,
ङ) खेलकुदका माध्यमबाट पर्यटन प्रबद्र्धनमा सहयोग गर्ने ।
च) बिभिन्न खेलकुद प्रतियोगितामा सहभागिता जनाई सेल्फ डिफेन्सलाई परिचित गराई पदक हासिल तर्फ उन्मुख हुने ।
अन्र्तराष्ट्रिय सेमिनारका कार्यक्रहरु
क्र.सं. मिति कार्यक्रम स्थान कैफियत
१ २०७६ माघ ०७ ड्ड अमेरिकाका ग्राण्ड मास्टरलाई नेपालमा स्वागत
सेल्फ डिफेन्स पदाधिकारी तथा ग्राण्ड मास्टर बिच छलफल
तालिम कार्यक्रमका लागि तनँहु तथा पोखरा प्रस्थान काठ्माण्डौ
२ माघ ०८ ड्ड आत्मरक्षा तालिम संचालन, पोखरा भ्रमण पोखरा
३ माघ ०९ ड्ड काठ्माण्डौ प्रस्थान, पदाधिकारीसँग परिचय तथा छलफल काठ्माण्डौ
४ माघ १० ड्ड आत्मरक्षा तालिम संचालन
ड्ड उद्घाटन कार्यक्रम
ड्ड क्ष्लतभचलबतष्यलब िज्बिि या ँबmभ ायच ब्mभचष्अबल नचबलम mबकतभच काठ्माण्डौ
५ माघ ११ ड्ड अमेरिकाका ग्राण्ड मास्टर बिदाई
ड्ड पोल्याण्ड ग्राण्ड मास्टर स्वागत
ड्ड पदाधिकारीहरुसँग भेटघाट काठ्माण्डौ
६ माघ १२ ड्ड तालिम कार्यक्रम संचालन
ड्ड काठ्माण्डौ भ्रमण काठ्माण्डौ
७ माघ १३ ड्ड सेमिनार समापन
ड्ड तालिम संचालनका लागि जनकपुर प्रस्थान जनकपुर
८ माघ १४ ड्ड तालिम संचालन
ड्ड काठ्माण्डौ प्रस्थान जनकपुर–काठ्माण्डौ
९ माघ १५ ड्ड क्ष्लतभचलबतष्यलब िज्बिि या ँबmभ ायच एयबिलम न्चबलम mबकतभच काठ्माण्डौ
१० माघ १६ ड्ड पोल्याण्ड ग्राण्ड मास्टर बिदाई

३. सहभागिताका लागि अनुमानित बजेट
यो बैठकमा सहभागी हुनका लागि अनुमानित बजेट रकम रु १९,७०,०००÷– लाग्ने देखिन्छ । जसको विस्तृत विवरण देहायबमोजिम रहेको छ ।
सि.नं. विवरण लागत रु. कैफियत
ज्ञ. उद्घाटन र समापन समारोह
(मञ्च व्यवस्थापन,अतिथि सत्कार लगायत) रु.३,००,०००।–
द्द. अन्तर्राट्रिय प्रशिक्षकहरुलाई प्लेन भाडा
(२ जना झ २ तर्पिm झ १,७५,०००।–) रु. ३,५०,०००।–
घ. प्रशिक्षकहरुलाई होटल वास तथा खाना खाजा खर्च रु. १,५०,०००।–
द्ध. सहभागीहरुका लागि खाना खाजा चिया होटल वास समेत
(१०० जना झ १०००।–) रु. ८,००,०००।–
छ. प्रशिक्षण भत्ता (२ जना झ रु.१०,००० झ ७ दिन) रु. १४०,०००।–
ट. प्रमाण पत्र (१५० वटा झ रु २००) रु. ३०,०००।–
ठ. प्रचार प्रसार रु. ५०,०००।–
ड. औषधी उपचार खर्च रु.५०,०००।–
ढ. विविध तथा भैपरी खर्च रु. १००,०००।–
जम्मा खर्च रकम रु. रु.१९,७०,०००।–।–

४. निष्कर्ष
कुनै पनि संघ संस्थाको लक्ष्यमा पुग्नका लागि संस्थाले तय गरेका गतिविधि कार्यान्वयन तथा वैधानिक दायित्वको पालना गर्नु पर्दछ । यो एक अन्तराष्ट्रिय संघसँग आबद्ध भएको संघ भएकोले यसका बिधिविधान तथा नीति नियमको पालना गर्दै सम्बन्धित क्षेत्रको कार्यक्रम आयोजना गर्नु यसको दायित्व हुने गर्दछ । तसर्थ यस पटक नेपालमा आयोजना हुन लागेको अन्र्तराष्ट्रिय स्तरको सेमिनारले खेलकुदको गतिबिधिलाई अझ माथि उठाउनेसँगै पर्यटन प्रबद्र्धनमा समेत टेवा पु¥याउने देखिन्छ । यस खेलसँग आबद्धता जनाउन चाहने खेलाडी, शुभेच्छुक तथा नेपालमा बढ्दै गएको हिंसालाई केही हदसम्म न्युनिकरण गर्न पनि यो सेमिनार तथा त्यसपश्चात संचालन हुने बिभिन्न गतिबिधिले मद्धत गर्नेमा हामी विश्वस्त छौं । तसर्थ, यो कार्यक्रमको सफलतामा नेपाल सरकार, राष्ट्रिय तथा अन्र्तराष्ट्रिय गैरसरकारी कार्यालय, संघसंस्था लगायत अन्य क्षेत्रको महत्वपुर्ण सहयोग हुने आशा यो संघले लिएको छ ।

धन्यबाद ।



प्रतिक्रिया दिनुहोस्