Logo

गायिका आस्था राउत र प्रहरीबीच विवादको भिडियो सार्वजनिक



काठमाडौं, ३ माघ । विमानस्थलमा प्रहरीले दुव्र्यवहार गरेको आरोप लगाएपछि गायिका आस्था राउत चर्चामा छिन् । बिहीबार उनले प्रहरीको चर्काे आलोचना गरेर भिडियो सार्वजनिक गरेकी थिइन् ।

प्रहरीले पनि राउतलाई काउन्टर दिदै उनको भिडियो सार्वजनिक गरेको छ । जसमा उनले महिला प्रहरीसँग झगडा गरेको देखिन्छ । झगडा कफिको गिलासबाट सुरु हुन्छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल(आन्तरिक) मा एक्सरे चेकिङको क्रममा उनी कफि पिइरहेकी हुन्छिन् । चेकिङको क्रममा महिला प्रहरीले कफि राखेर आउन आग्रह गर्दा उनी रिसाउँछिन् । त्यसपछि महिला प्रहरीले लिएर कफि राख्छिन् र बडी चेक गर्छिन् ।

चेक गरेपछि उनी रिसाउँदै आफ्नो ब्याग लिएर निस्कन खोज्छिन् महिला प्रहरीले कफि दिन खोज्दा उनी लिन मान्दिनन् । दुईबीच त्यहाँ विवाद भएको देखिन्छ ।

आस्था राउतले बिहिबार झापाको भद्रपुरबाट काठमाडौं आउँदा विमानस्थलमा चेकिगका क्रममा महिला प्रहरीसँग विवाद भएपछि फेसबुक लाइभ गरी आक्रोश पोखेकी थिइन् । भिडियोमा उनले प्रहरीलाई गालीगलौज गरेपनि क्रियाप्रतिक्रिया भएको थियो । घटनापछि आस्थाको एयरपोर्टको गतिविधिको भिडियो सार्वजनिक भएको छ । घटनामा उनले महिला प्रहरीसँग चर्को विवाद गरेको देखिन्छ ।



प्रतिक्रिया दिनुहोस्