Logo

मेष राशि हुनेले माघ महिनाको राशिफल हेर्नुभयो ?



माघ २०७६ मेष राशिको राशिफल : मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )

मेष राशिका लागि माघ महिना लाभदायी रहनेछ । पारिवारिक सुख मिल्नुका साथै सुखद् यात्राका अवसर पनि प्राप्त हुनेछन् । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । छरछिमेकमा सम्पन्न हुने धार्मिक र सांस्कृतिक गतिविधिमा संलग्न हुनु पर्नेछ । वैदेशिक क्षेत्रबाटपनि सफलता मिल्नेछ । मध्य महिनाबाट आफ्नो विचार विपरित निर्णय हुन सक्छ । बाटो काट्दा वा यात्रा गर्दा सचेत हुनुपर्छ । यो महिनाको लागि शुभ अङ्क ३,५ र शुभ रङ्ग गुलावी हो । कुनै शुभकर्म गर्नु पूर्व मृत्युञ्जयाय भगवानको ध्यान गरी कार्य आरम्भ गर्दा लाभ प्राप्त हुनेछ । Source: HAMRO PATRO



प्रतिक्रिया दिनुहोस्