Logo

वृष राशिको माघ महिनाको राशिफल (२०७६)



वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

वृष राशिका लागि यो महिना कार्यक्षेत्रमा सफलता प्राप्त हुनुका साथै नयाँ कार्य गर्ने उत्साह मनमा छाउनेछ । आर्थिक र व्यवसायिक समस्या समाधान हुनेछन् । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । शुभारम्भको चर्चा चल्नेछ । मित्र जनको साथ र सहयोगले उल्लेख्य कार्य सम्पादन हुनेछ ।

सामाजिक मान प्रतिष्ठा मिल्नुका साथै राजनीतिक क्षेत्रबाट पनि सफलता हात पर्ने देखिन्छ । यो महिनाको लागि शुभ अङ्क ४,६ र शुभ रङ्ग कालो हो । कुनै शुभकर्म गर्नु पूर्व विष्णुभगवानको दर्शनगरी आरम्भ गर्दा सफलता प्राप्त हुनेछ । स्रोत : हाम्रो पात्रो



प्रतिक्रिया दिनुहोस्