Logo

मिथुन राशिको माघ महिनाको राशिफल (२०७६)



मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) : मिथुन राशिका लागि यो महिना मध्यम फलदायी रहनेछ । बाहिरी गफगाफमा अल्भिँदा व्यापार–व्यवसायमा असर पर्न सक्छ । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । पढाइलेखाइमा पनि प्रगति गर्न नसकिने देखिन्छ । नाक तथा घाँटीमा समस्या आउला । मध्य महिनामा विशिष्ट व्यक्तिको सहयोग प्राप्त हुनेछ । वैदेशिक क्षेत्र बाट सफलता मिल्नेछ । घर ,जग्गा खरिद तथा बिक्रिको योग छ । यो महिनाको लागि शुभ अङ्क ३,९ र शुभ रङ्ग पहेँलो वा हरियो हो । शुभकर्म गर्नु पूर्व बगलामुखीको ध्यान गरी आरम्भ गर्दा अत्यन्त लाभ प्राप्त हुनेछ । स्रोत : हाम्रो पात्रो



प्रतिक्रिया दिनुहोस्