Logo

नेपाल भ्रमणका रहेका जापानी उपमन्त्रीद्धारा राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेट



काठमाडौं, ३ माघ । नेपाल भ्रमणमा रहेका जापानी उपमन्त्री नाकायामा नोरिहातोले आज राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गरेका छन । जापानी ‘पार्लियामेन्ट्री भाइस मिनिष्टर फर फोरेन अफेयर्स’ नाकायामा नोरिहातोले आज (शुक्रबार) शितलनिवासमा पुगी शिष्टाचार भेट गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्तीअनुसार उक्त भेटवार्तामा दुई देशबीच विद्यमान सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको छ ।



प्रतिक्रिया दिनुहोस्