Logo

बसका चालक र हेल्पर लागूऔषध सहित पक्राउ



काठमाडौं, ३ माघ । प्रहरीले लागूऔषधसहित दुई युवकलाई पक्राउ गरेको छ । उनीहरुलाई गजुरी गाउँपालिकाबाट बिहीबार दिउँसो पक्राउ गरेको हो ।
प्रहरीले उनीहरुको साथबाट स्पास्मो २ हजार ट्याब्लेट र ट्रामाडोल ४ हजार ५ सय ट्याब्लेट वरामद गरेको जनाएको छ ।

पक्राउ पर्नेहरुमा तनँहु बन्दिपुरका १९ वर्षीय हेमन्त गुरुङ र भानु नगरपालिकाका १७ वर्षीय सन्दिप परियार रहेका छन् । ईलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरीले काठमाडौंबाट लम्जुङतर्फ जाँदै गरेको ना ६ ख १७६० नम्बरको बस जाँच गर्दा उक्त लागूऔषध फेला पारी बसका सहचालक हेमन्त र हेल्पर सन्दिपलाई पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्