Logo

जुवाडे पक्राउ



काठमाडौं, ३ माघ । जुवातास खेलिरहेको अवस्थामा प्रहरीले चार जनालाई बुढानिलकण्ठबाट पक्राउ गरेको छ । प्रहरीले श्क्रबार काठमाडौं महानगरपालिका ६ रामहिटीबाट उनीहरुलाई पक्राउ गरेका हो ।

शेर्पा स्नोकर हाउसमा तास खेलिरहेका अवस्थामा प्रहरीले पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेमा आङ थुङ्वा शेर्पा लगायत ४ जना रहेका छन् । तास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४० हजार रुपैयाँ र १ बुक तास सहित पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्