Logo

१४ वर्षीयामाथि जर्बजस्ती करणी



सिराहा, ३ माघ । जबरजस्ती करणी गरेको अभियोगमा एक किशोरलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले १९ वर्षीय बिनोद महरालाई बिहिबार दिउँसो पक्राउ गरेको हो ।

प्रहरीका अनुसार १४ वर्षीया किशोरीलाई जबरजस्ती गरेको आरोपमा धनगढीमाई नगरपालिकाका १९ वर्षीय बिनोद महरालाई बिहीबार दिउँसो पक्राउ गरिएको हो । महराले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाइएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्