Logo

६ गते सुरु होला त सभामुख चयन प्रक्रिया ?



माघ ३, काठमाण्डौ । सभामुख चयनको विवादमा फसेको सत्तारुढ नेकपाभित्र सभामुखबारे टुंगो लाग्ने संकेत देखिएको छ । प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्माओली आफ्नो अडानबाट केही लचकता अपनाएपछि सभामुखबारे पार्टीभित्र सहमतीको संकेत देखिएको हो । तर अव भने दुवै अध्यक्षले लिएको अडान भन्दा फरक पात्र सभामुख बन्ने देखिएको छ ।

लामो समयदेखि सभामुख पदलाई लिएर पार्टीभित्र देखिएको विवाद समाधानको लागि अन्तत अध्यक्ष केपी शर्मा ओली केही लचिलो देखिपछि सभामुख पदबारे टुंगो लाग्ने संकेत देखिएको हो । सभामुख पदलाई नै मुख्य प्रतिष्ठाको विषय बनाएर आफुप्रति पुर्वएमालेका शिर्ष नेताहरुविच नै गुटबन्दी हुन थालेको महसुश गरेका अध्यक्ष ओलीले पूर्वमाओवादी समूहलाई नै उक्त पद दिने संकेत गरेका छन ।

गत आइतबारदेखि यही विषयकै कारण दुइअध्यक्ष ओली र दाहालविच भेटघाट त परको कुरा संवाद समेत हुने सकेको थिएन । सबै नेताहरुको दवावपछि विहिबार ओली र दाहालविच भेटवार्ता भएको थियो । त्यस लगतै शुक्रबार विहान भएको दोस्रो छलफल पछि भने अध्यक्ष ओली केही नरम बनेका थिए । गत साता वामदेव गौतम निवासको भेलामा सहभागी नेताहरूले पनि पूर्वभागबन्डाअनुसार माओवादी पक्षलाई नै सभामुख दिनुपर्नेमा पक्षमा एकमत देखिएका थिए ।तर उनले सभामुख पद पुर्वमाओवादी पक्षलाई छोड्न तयार भएपनि सरकार संचालनमा सहयोग गर्नुपर्ने सर्त राखेका छन ।

दुई अध्यक्षको छलफलबाटै सभामुख टुंगो लागे त्यसलाई औपचारिकता दिन सचिवालयको बैठक बस्ने बताइएको छ । उम्मेदवार तय भएको अवस्थामा उपसभामुख शिवमाया तुम्बाहाङ्फेले पनि राजीनामा दिने बताइसकेकी छिन । यो संगै यसअघि सभामुखको लागि चर्चामा आएका सुवास नेम्वाङ र अग्नि सापकोटालाई छोडेर दोस्रो विकल्पमा माओवादी पक्षबाट सभामुख बन्ने देखिएको छ ।यसअघि पनि सभामुखमा चर्चामा आएका पूर्वमाओवादीका तर्फबाट पम्फा भुसाल,देव गुरुङ र हरिबोल गजुरेल मध्येबाट एक जना सभाम्ुख बन्ने छ ।

पार्टीका तर्फबाट ओलीले संसदीय दलका उपनेता समेत रहेका पुर्वसभामुख सुवासचन्द्र नेम्वाङलाई सभामुख बनाउन चाहेका थिए भने दाहालले अग्नि सापकोटालाई सभाम्ुख बनाउन चाहेका थिए । शीर्ष नेताहरूबीचको मनमुटावकै कारण संसद् झन्डै एक महिनादेखि चल्न सकेको छैन । दुवै अध्यक्ष आ–आफ्नै अडानका कारण संसद बैठक समेत अहिले सम्म ३ पटक सुचना टांसेर स्थगित गरिएकोसकेको छ ।

त्यसैले जसरी पनि आउँदो प्रतिनिधिसभा बैठकसम्ममा सहमति खोज्न पार्टीका तल्लो पंक्तिले पनि नेताहरूलाई दबाब दिदै आएका थिए । तेस्रो पटक स्थगित भएको संसद बैठक आगामी माघ ६ गतेको लागि तोकिएको छ । यही हिसावले नेकपाभित्र सभामुखमा सहमती भए ३ महिना पछि संसदले सभामुख पाउने आशा पलाएको छ ।



प्रतिक्रिया दिनुहोस्