Logo

जापानी उपमन्त्री नोरिहातोद्धारा प्रधानमन्त्री ओलीसँग भेटवार्ता



काठमाडौं, ३ माघ । नेपाल भ्रमणमा रहेका जापानी उपमन्त्री नाकायामा नोरिहातोले आज प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेटवार्ता गरेका छन । जापानी ‘पार्लियामेन्ट्री भाइस मिनिष्टर फर फोरेन अफेयर्स’ नाकायामा नोरिहातोले प्रधानमन्त्री निवास बालुवाटार पुगेर शिष्टाचार भेट गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् । थापाका अनुसार उक्त भेटवार्तामा दुई देशबीच विद्यमान सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको थियो ।



प्रतिक्रिया दिनुहोस्