Logo

विप्लवको चुनौती : प्रतिबन्धपछि झन आक्रामक



माघ ३, काठमाण्डौ । सरकार र प्रतिबन्धित नेकपा अर्थात विप्लव समुहबीच बेलाबेलामा जुहारी चल्ने गर्दछ । पछिल्लो समय विप्लवले बम पड्काउने मात्रै होइन, विभिन्न किसिमका चेतावनी पनि दिएको छ । तर सरकारले भने विप्लवसँग धेरै शक्ति नभएकाले सुरक्षा चुनौति नभएको दावी गरेको छ । यद्यपी सरकारले प्रतिबन्ध लगाएपछि पनि विप्लव समुहले अपराधिक र हिंसात्मक गतिविधि अन्त्य गरेको छैन ।

गत २०७५ फागुन २८ गते विप्लव समूह अपराधिक सङ्गठन रहेको भन्दै सरकारले उसका गतिविधिमाथि प्रतिबन्ध लगाएको थियो । त्यसयता विप्लव समूहका एक हजारभन्दा बढी नेता÷कार्यकर्ता पक्राउ पनि परिसकेका छन् । तर अझै उनले अपराधिक र हिंसात्मक क्रियाकलापलाई निरन्तरता दिदै आएको छ ।

बुधबार सांझ मात्रै काठमाडौंको नागार्जुन र बालुवाटारमा एकै समयमा बम आतंक फैलियो । सरकारले काठमाडौँ उपत्यकाको सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको बताएको छ । शान्ति सुरक्षाको मुख्य जिम्मेवारी लिएको नेपाल प्रहरीले पनि प्रतिबन्धित नेकपाको गतिविधिलाई सुक्ष्म ढंगले ध्यान दिदै सुरक्षा व्यवस्था बलियो बनाएको नेपाल प्रहरीका प्रवक्ता शैलेश थापाको दावी छ ।

नेपाल प्रहरीले शादा पोशाकमा समेत प्रहरीहरु परिचालन गर्छन,तर उनीहरुले यस्ता गतिविधि हुने र त्यसको तयारीको बारे सुइको समेत पाउदैनन । तर सरकारले विप्लव समुहलाई प्रतिवन्धीत गरेको १० महिना यताको घटनाहरुलाई हेर्ने हो भने पनि राजधानीमा मात्रै दर्जन पटक यस्ता बम विस्फोटका घटना भएका छन ।

केही घटनामा त नागरिकको ज्यानै समेत गएको छ । गत फागुन ११ गते ललितपुरको नख्खुमा एनसेलको मुख्य कार्यालयको मूलगेट अगाडि शक्तिशाली बम विस्फोट हुँदा १ जनाको ज्यानै गयो । त्यस्तै गत जेठ १२ गते काठमाडौंको सुकेधारा, घट्टेकुलो र चन्द्रगिरीमा भएको बम विस्फोटमा चार जनाको मृत्यु भएको थियो । यसरी राजधानीमै पटक–पटक श्रृखलावद्ध बम विस्फोट गराएर सरकारलाई सुरक्षा चुनौती दिइरंहदा सम्म सरकार गम्भिर नहुनले विप्लव समुहको मनोबल अझै बढ्ने त होइन भन्ने आंशका उत्तिकै जन्माएको छ । तर्सथ सरकारले उक्त समुहसंग तत्काल वार्ताको माध्यमबाट समस्याको समाधान खोज्नु जरुरी छ ।



प्रतिक्रिया दिनुहोस्