Logo

१५ किलो तौल बढाउँदै कृति



मुम्बई, माघ ४ । बलिउड अभिनेत्री कृति सेनन आफ्नो नयाँ फिल्म ‘मिमी’ का कारण चर्चामा छिन्। यो फिल्मका लागि कृति १५ किलो वजन बढाउँदै छिन्। सधैं जिरो फिगरमा देखिने कृतिलाई बढेको वजनमा हेर्नु उनका फ्यानका लागि फरक अनुभव हुनेछ। मिमीमा कृति सरोगेट मदरको भूमिकामा देखिँदै छिन्।

फिल्मका लागि उनको परिवर्तित रूप हेर्न लायकको हुनेछ। कृतिले भनिन्, ‘मेरा लागि यति वजन बढाउनु वास्तवमै चुनौतीपूर्ण छ किनकि यो मेरो शरीरका लागि धेरै नयाँ काम हो। तर यो परिवर्तनका लागि म उत्साहित छु। यो भूमिका मेरो दिलको निकै नजिकको हुनेछ। म यसका लागि सबै कुरा दिन चाहन्छु। यो फिल्मको बीचमा म अरू कुनै काम गर्ने छैन। वजन बढाउन डाइटमा अधिक मात्रामा चिल्लो पदार्थ खान सुरु गरेकी छु।’

आफ्नो वजन बढाउन कृति चिज, मिठाई, जंक फुड र फ्राइड चिप्सजस्ता खानेकुरा खान थालेकी छन्। भोक नलागेको बेलामा पनि उनी खाइरहेकी हुन्छिन्। कृतिको फिल्म ‘मिमी’ मराठी फिल्म ‘माला आई वाच्छे’ को रिमेक हो। एजेन्सी



प्रतिक्रिया दिनुहोस्