Logo

यस्तो छ आज दिनभरको मौसम



काठमाडौैं, माघ ४ । आज पनि देशभर आंशिक देखि सामान्य बदली भई १-२ स्थानहरुमा वर्षा र हिमपात भईरहेको छ। नेपालमा पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव विस्तारै कम भई मौसममा क्रमिक रुपमा सुधार हुंदै गईहेको छ।
आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ।

पहाडी तथा तराई भू-भागका थोरै स्थानहरुमा हल्का वर्षा हुने देखिन्छ भने उच्च पहाडी तथा हिमाली भेगका केहि स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस्तै गरी आज राती देशको पहाडी भू(भागमा आंशिक देखि सामान्य बदली र तराईका भु-भागमा आंशिक बदलि भई पहाडी भू(भागका थोरै स्थानमा हल्का बर्षा हुन सक्ने संभावना रहेको महाशाखाले बताएको छ।

देशका थोरै स्थानहरुमा हल्का वर्षाको साथै केहि उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपातका सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन तथा यसबाट हुने चिसोबाट बच्नु हुन सर्वसाधारण लाई अनुरोध गरेको छ ।



प्रतिक्रिया दिनुहोस्