Logo

शीतलनिवासको गल्ती सामाजिक सञ्जालमा छताछुल्ल



काठमाडौं, माघ ४ । राष्ट्रपति कार्यालय शीतलनिवासको सचिवालयद्वारा जारी विज्ञप्तिमा भएको गल्ती सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ । चौतर्फी आलोचनापछि भने शीतलनिवासले गल्ती सच्याउँदै दोस्रो विज्ञप्ति जारी गरिसकेको छ ।

जापानका विदेश मामिलासम्बन्धी संसदीय उपमन्त्रीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गरेको विषयबारे जारी गरिएको विज्ञप्तिमा माघ १० गतेको मिति लेखिएपछि आलोचना भएको हो ।पहिलो विज्ञप्तिमा मिति गलत भएपछि सचिवालयले माघ ३ गतेको मिति राखेर दास्रो विज्ञप्ति जारी गरेको हो ।



प्रतिक्रिया दिनुहोस्