Logo

सशस्त्र प्रहरीद्धारा चार लाख बराबरका चोरीपैठारीको सामान बरामद



झापा, ४ माघ । झापाको मेचीनगर नगरपालिकास्थित जोरसिमल ईलाकाबाट माघ २ गते एपीएफ टोलीले करीव चार लाख ३१ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ ।

भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको मोटर पार्ट्स, किराना सामान र कोरियन कम्पनीको विभिन्न औषधी सशस्त्र प्रहरी बल, नेपाल नम्बर ८ गुल्म हेक्वा झापाबाट सशस्त्र प्रहरी निरीक्षक दिव्यराज कोईरालाको कमाण्डमा खटिएको एपीएफ टोलीले बरामद गरेको हो । बरामद सामान मेची भन्सार कार्यालय काकडभिट्टामा बुझाईएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot