Logo

सत्यनिरुपण आयोगको अध्यक्षमा भट्ट र बेपत्ता आयोगमा सुवेदीको नाम सिफारिश



काठमाडौं, ४ माघ । पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको अध्यक्षमा गठित सिफारिस समितिले सत्य निरुपण तथा मेलमिलाप आयोगको अध्यक्षमा डा. गणेश भट्ट र वेपत्ता पारिएका व्यक्तिको छानविन आयोगको अध्यक्षमा युवराज सुवेदीको नाम सिफारिस गरेको छ ।

आज (शनिबार) कानूननमन्त्री भानुभक्त ढकाललाई दुवै आयोगको पदाधिकारीको नाम सिफारिश गरेको हो । सत्य निरुपण आयोगको सदस्यमा प्रचण्डराज प्रधान, गोविन्द गौतम, मन दाहाल र अर्का एकको नाम सिफारिस भएको छ ।

उता, वेपत्ता छानविन आयोगको सदस्यहरुमा विष्णु भण्डारी, सुनिल रञ्जन सिंह, गांगा अधिकारी र सरिता थापा मगरको नाम सिफारिस भएको छ ।



प्रतिक्रिया दिनुहोस्