Logo

ऋषि धमलाको गुनासो : गीत/संगित माया गर्ने राजनेता जन्मिएनन्



काठमाडौं, ४ माघ । रिपोर्टर्स क्लब नेपालका सभापति एवम् प्राईम टाईम्स टेलिभिजनका अध्यक्ष ऋषि धमलाले नेपालमा गीत–संगितलाई माया गर्ने दुरदर्शीहरु राजनेताहरु नजन्मिएको गुनासो पोखेका छन् । शनिबार काठमाडौंको राष्ट्रियसभा गृहमा आयोजित ‘ईपिक नेपाल म्युजिक अवार्ड –२०७६ लाई समारोह’ मा विभिन्न स्रष्टाहरुलाई पुरस्कार वितरण गर्दै धमलाले यस्तो गुनासो पोखेका हुन् ।

उनले भने,‘नेपालमा गीत र संगितलाई माया गर्ने दुरदर्शी राजनेताहरु जन्मिएनन् । यो क्षेत्रलाई अघि बढाउनुपर्छ । राज्यले गीत र संगितको क्षेत्रलाई संरक्षण र प्रर्वद्धन गर्न सकेको छैन् ।’ उनले मान्छेको जीवनमा गीत र संगितको महत्व धेरै हुने बताउँदै संगितबिना मान्छे अपुरो हुने बताए ।

उनले भने,‘मान्छेको जीवनमा संगित भएन भने उ त पानीबिनाको मछाजस्तै हुन्छ ।’ गीत–संगितको कुरा गर्दा उनले स्वर्गीय नारायण गोपालको पुस्ताले नेपाललाई चिनाएको उनको भनाई छ । ‘अहिले नेपालमा लोकदोहोरीको प्रभाव बढेको छ ।’–धमलो भने,‘रिपोर्टर्स क्लब नेपालले स्रष्टाहरुलाई पुरस्कृत गर्नुभन्दापनि उनीहरुको एजेण्डालाई स्थापित गर्नेतर्फ लाग्छ । मेरो अभियान छ कि जबसम्म देशमा भ्रष्टाचार अन्त्य हुँदैन्, तबसम्म म निरन्तर यो अभियानमा लागिरहन्छु ।’

उनले कलाकारहरुलाई पनि भ्रष्टाचारको विरुद्धमा गीत बनाउन आग्रह गरे । उनले भने,‘अब भ्रष्टाचारविरु स्रष्टाहरु लाग्नुपर्छ । नेपाल बनाउनुपर्छ । सांगितिक अभियान घरघरमा पुर्याउनुपर्छ । म बहस गर्न तयार छु । प्रत्येक दिन भ्रष्टाचारको विरुद्धमा बहस गर्छु ।’



प्रतिक्रिया दिनुहोस्