Logo

दक्षिण कोरिया : अवसरसँगै चुनौति पनि (भिडियोसहित)



-सविना कार्की, दक्षिण कोरिया
माघ ४, दक्षिण कोरिया । नेपालले वैदेशिक रोजगारका लागी १०९ मुलुक खुला गरेको छ । तिमध्ये सरकारले नै सम्झौता गरेर पठाउने मुलुक दक्षिण कोरिया आकर्षक गन्तव्य बन्दै आएको छ ।

मध्यपूर्व र खाडी मुलुकमा श्रम गर्ने श्रमिकको तुलनामा ७ गुणा बढी पारिश्रमिक पाउने हुदाँ दक्षिण कोरिया बेरोजगार युवाहरुको आकर्षक गन्तव्य बनेको छ ।

नेपाल सरकार र दक्षिण कोरिया सरकारबीच सम्झौता गरेर नेपाली कामदार त्यहाँ पठाइने भएकाले भनेको काम र तोकिएको पारिश्रमिक प्राप्त गर्न समस्या हुँदैन । सरकारले सम्झौता नगरी मेनपावर कम्पनीमार्फत जाँदा ठगिने र दुःख पाइने समस्याले गर्दा पनि सरकारी प्रक्रियामार्फत दक्षिण कोरिया जानु उचित मानिन्छ ।

दुई देशबीचको सम्झौता भएकाले दक्षिण कोरिया सुरक्षित रोजगारको गन्तव्य मानिन्छ । तर कोरिया गएका नेपाली युवाहरु विभिन्न समस्या झेल्न नसकेर आत्महत्या गर्ने क्रम बढिरहेको छ ।

तर सबै कुरा भनेजस्तो र सोचेजस्तो कहाँ हुन्छ र ? काम गर्नका लागि दक्षिण कोरिया गएकामध्ये अहिलेसम्म १ सय ८१ जनाको मृत्यु भइसकेको छ । सन २००८ देखि २०१९ डिसेम्बरसम्ममा उक्त संख्यामा मृत्यु भएको हो ।

मृत्यु हुनेमध्ये ४९ जनाले आत्महत्या गरेका हुन् । सन २००८ देखि २०१९ सम्म ४८ जना र सन २०२० जनवरीमा १ जनाले गरि आत्माहत्या गर्नेको सङ्ख्या ४९ पुगेको हो । त्यसैगरी सामान्य दुर्घटनामा ४७ जना र प्राकृतिक प्रकोपमा परी ८४ जनाको मृत्यु भएको छ । २ जनाको भने हत्या भएको हो ।

पछिल्ला वर्षमा भने कोरियामा मृत्यु हुने नेपाली कामदारको संख्यामा कमी आएको त्यहाँको नेपाली दुतावासको दावी छ । सङ्ख्यातमक हिसाबले हात्माहत्या गर्नेको सङ्ख्या ४९ पुगेपनि पछिल्लोवर्ष आफ्नो कार्यकालमा भने आधा नै घटेको दुतावासको दावी छ ।

सन २०१८ मा आत्माहत्या गर्नेको सङ्ख्या ६ जना थियो भने सन २०१९ डिसेम्बर ३० सम्म आइपुग्दा आत्माहत्या गर्नेको सङ्ख्या ३ जना रहेको छ । यसैगरी अन्य मृत्यु सङ्ख्यामा पनि कमि आएको छ ।

कोरीया स्थित नेपाली राजदुतावासका श्रम सहचारी डिल्लीराम बास्तोलाको भनाइ अनुसार पारिवारिक समस्या, घरमा भएको समस्या सम्झिरहने दाजुभाइ सम्पत्ति बाँडफाँड लगायत पारिवारिक समस्या सम्झि रहनु, केटी साथिको बारेमा धेरै सोच्नु, गलत खालको लत हुनु, एकोहोरो हुनु, सहकर्मी साथिहरुको र सहयोग र उत्प्रेरणा पाउन नसक्नु जस्ता कारणले आत्महत्या गर्ने गर्दछन् ।

विदेशको जीवन र काम स्वदेशको भन्दा फरक हुने यथार्थलाई आत्मसात् गर्न नसक्नु, अत्यधिक वितृष्णा, उच्च महत्वाकांक्षा, मानसिक तनाव जस्ता कारण आत्माहत्याको बाटो रोजेको हुनसक्ने बास्तोलाको भनाई छ ।

आफ्नो कार्यकालमा कोरीयाको विभिन्न ठाउमा पुगेर ३० वटासम्म कार्यक्रम सम्पन्न गरेको पनि बास्तोलाले बताए । कामदारको अवस्था, कार्यस्थल र रोजगारदाताको व्यवहार, खाना शुल्क बिमा, तलब भुक्तानी जस्ता गुनासो सुनेर समस्या समाधानको खोजी गरिएको बास्तोलाको दावी छ ।

सन् २०१८ मा प्राकृतिक रुपले ११ जना दुर्घटनामा परि ११ जना जम्मा २७ जनाले ज्यान गुमाएको छ भने सन २०१९ मा प्राकृतिकमा १३, दुर्घटनामा २, आत्माहात्यामा ३ गरि जम्मा १८ जनाको ज्यान गएको छ ।

विगत १२ वर्षको तथ्यांकले नेपाली कामदार कोरिया जाने क्रेज क्रमशः बढ्दै गइरहेको देखाउँछ । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत हालसम्म करिब ६० हजार नेपाली रोजगारीका लागि कोरिया प्रवेश गरिसकेका छन् ।



प्रतिक्रिया दिनुहोस्