Logo

विश्वकै होचा खगेन्द्रको निधनमा गिनिज वलर्ड रेकर्डसको समवेदना



काठमाडौं, ४ माघ । गिनिज वलर्ड रेकर्डसले विश्वकै होचा मानिस खगेन्द्र थापा मागरप्रति समवेदना व्यक्त गरेको छ । उसले एक विज्ञप्तिमार्फत् खगेन्द्रप्रति समवेदना व्यक्त गरेको हो ।

‘विश्वकै होचा मानिस नेपालको बाग्लुङ घर भएका खगेन्द्र थापामगरको निधनप्रति हामी दुःखी भएका छौं,’ गिनिज वलर्ड रेकर्डसले विज्ञप्तिमा भनेको छ । उसले खगेन्द्रको मुस्कानको समेत वर्णन गर्दै भेटेका जोकसैको मुटु पलाग्न सक्ने भनेको छ । विश्वकै होचा व्यक्ति भइकन उनले आफ्नो व्यक्तिगत उचाई बढाएको उल्लेख गरेको छ ।

१४ अक्तोबर सन् १९९२ मा जन्मिएका खगेन्द्र २७ वर्ष पुग्दा २ फिट २.४१ सेन्टिमिटर उचाईका थिए । उनी सन् २०१० मा विश्वकै होचा व्यक्ति घोषित भएका थिए । केही वर्ष उपाधि अर्का नेपालीको नाममा गएपनि उनी सन् २०१५ यता विश्वकै होचा व्यक्ति दिए । हिंडडुल गर्न सक्ने विश्वकै होचा व्यक्ति खगेन्द्र निमोनियाका कारण मुटुमा समस्या भई पोखराको फेवासिटी अस्पतालमा देहत्याग गर्न पुगे ।



प्रतिक्रिया दिनुहोस्