Logo

समृद्धि र पर्यटनका लागि हिमालहरु महत्पूर्ण सम्पत्ति : मन्त्री भट्टराई



काठमाडौं, ४ माघ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपालको समृद्धि र पर्यटनका लागि हिमालहरु महत्पूर्ण सम्पत्ति भएको बताएका छन् । तर, ती हिमालबाट अहिले संकलन भइरहेको राजस्व अत्यन्तै न्यून भएको उनको भनाई थियो ।

शनिबार कञ्चनजंघा हिमाल सरसफाई अभियानसम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री भट्टराईले नेपालका हिमालहरु सुरक्षित र सफा छन् भन्ने सन्देश विश्व समुदायलाई दिनुपर्ने बताएका छन् ।

उनले बाहिर जतिसुकै नकारात्मक कुराहरु आएपनि नेपालका हिमाल सुरक्षित रहेको बताउनुपर्ने बताए । मन्त्री भट्टराईले भने-‘भ्रमण वर्षलाई ख्याल गर्दै हिमालहरु सुरक्षित छन् हिमालहरु सफा छन् भन्ने सन्देश विश्वमा दिनुपर्छ।’ तस्विर : मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्