Logo

इराकबाट अमेरिका खेदिनुपर्ने सम्भावना



इराकबाट अमेरिका खेदिनुपर्ने सम्भावना बढेर गएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा इरानी सैनिक कमाण्डर कसिम सुलेमानी ड्रोन हमलामा मारिएपछि यस्तो सम्भावनामा बल पुगेको हो ।

सीएनएनमा एन्जेला देवानले गहिरो विश्लेषण गर्दै इराकबाट अमेरिका खेदिनुपर्ने सम्भावना औल्याएकी छिन् । इराकमा इरानको प्रभाव निकै बढ्दै गएको र पछिल्लो घटनाक्रमले अमेरिका अप्ठ्यारोमा परेको भनेकी छिन् ।

तेहरानले सहयोग गरिरहेको फौज इराकमा प्रभावशाली बन्दै गएको छ । सुलेमानी मारिएपछि इराकको संसदले विदेशी फौजलाई हटाउने निर्णय गर्यो । यद्यपि अमेरिकी विदेशमन्त्री माइक पम्पिओले इराकबाट अमेरिकी सैनिक नहट्ने बताए ।

सद्दाम हुसेनको पतनपछि सुन्नी मुसलमान कमजोर बने । इराकमा इरानी सहयोगमा सियाहरु प्रभावशाली बन्नथाले । सद्दाम शासनकालमा लखेटिएका र दमनमा परेका सियाहरुलाई इरानले सैनिक तालिम र सहयोग दियो । हाल एक लाखभन्दा बढी इराकमा इरानका समर्थक लडाकु रहेको अनुमान गरिएको छ । उनीहरु तेहरानबाट तलब बुुुझ्दछन् ।

लडाकु तयार भएकाले अमेरिकामाथि इरानबाट इराकमा खतरा छ । इराकभित्र अमेरिकी सैनिक हटाउने मत बलियो बन्दै गएको छ । त्यसमाथि सुलेमानी मारिएपछि तेहरानले इराकमा कडा रणनीति बनाउन सक्ने देखिन्छ । मध्यपूर्वमा प्रभावशाली रहेको इरानले अमेरिकालाई इराकबाट खेद्न सक्छ । एजेन्सीको सहयोगमा



प्रतिक्रिया दिनुहोस्