Logo

यस्तो छ आज दिनभरको मौसम



काठमाडौं, माघ ५ । आज देशभरको मौसममा सामान्यतया आंशिक बदली भई उच्च पहाडी भू–भागका १–२ स्थानमा हल्का वर्षा हुन सक्ने संभावना रहेको छ ।
यस्तै गरी आज राती देशभर सामान्यतया सफा रहने जलतथा मौसम पूर्वानुमान महाशाखाले जानकारी गराएको छ ।

महाशाखाका अनुसार आइतबार देशको पूर्वी भू–भागका १–२ स्थानहरुमा आंशिक बदली भई हल्का वर्षा हुन सक्ने संभावना रहेको छ । पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव विस्तारै कम भई मौसममा क्रमिक रुपमा सुधार हुंदै गएकाले चाँडै मौसममा सुधार हुने महाशाखाको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्