Logo

ह्यारी अब पूर्व राजकुमार



बेलायती राजकुमार ह्यारी अब सर्वसाधारण भएका छन् । बेलायतको दरबारले ह्यारी र पत्नी मेगनले शाही परिवारमा नरहेको औपचारिक घोषणा गरेपछि उनी सर्वसाधारण भएका छन् ।

ह्यारी र मेगनले राजपरिवार छाड्ने घोषणापछि बेलायती राजपरिवारको बैठक बसेर टुंगो लगाइएको थियो । त्यसको केही दिनपछि १९ जनवरीमा औपचारिक घोषणा भएको हो । अब ह्यारी र मेगनले रोयल हाइनेश उपाधि प्रयोग गर्नेछैनन् । राजपरिवारको सदस्यका रुपमा सुविधा पाउनेछैनन् । उनले पाउने खर्च र सैनिक सुरक्षा पनि पाउनेछैनन् ।

राजकुमार चाल्र्स र दिवंगत डायनाका कान्छा छोरा ह्यारी बेलायती राजपरिवारको उत्तराधिकारीमा छैठौं नम्बरमा थिए । अब उनी स्वतन्त्र जीवन बिताउनेछन् । राजपरिवारसम्बन्धी औपचारिक कार्र्र्यक्रममा सहभागी हुनेछैनन् ।- एजेन्सी



प्रतिक्रिया दिनुहोस्