Logo

आज मौसम सफा, दिन घमाइलो हुने



काठमाडौं, ५ माघ । आज मौसम सफा हुनेछ । आकाश खुलेकाले देशका सबैजसो भू-भागमा दिनभर घाम लाग्नेछ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव विस्तारै कम भई मौसममा क्रमिक सुधार हुँदै गइरहेको छ । केही दिनयता हिमाली र उच्च पहाडी भू-भागमा हुँदै आएको हिमपात पनि रोकिएको छ । देशको पूर्वी भू-भाग लगायत मध्य तथा पश्चिमका पहाडी भूभागमा आंशिक बदली रही बाँकि भू-भागको मौसम सामान्यतया सफा रहेको छ । उपत्यका तथा तराईका केहि स्थानहरुमा हुस्सुरकुहिरो समेत लागेको छ ।

आज दिउँसो देशको पूर्वी भू-भाग लगायत मध्य तथा पश्चिमका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहने छ । पूर्वी भू-भागका एक दुई स्थानमा हल्का वर्षा हुन सक्ने सम्भावना रहेको छ ।

राती देशको पूर्वी भू-भाग लगायत मध्य तथा पश्चिमका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू(भागको मौसम सामान्यतया सफा रहने छ ्र पूर्वी भू-भागका एक दुई स्थानमा हल्का वर्षा हुन सक्ने संभावना रहेको छ । Photo: MFD



प्रतिक्रिया दिनुहोस्