Logo

सुलेमानी मारिएको दृश्य ट्रम्पले ह्वाइट हाउसबाट हेरेका थिए



ईरानी सैन्य कमाण्डर कसिम सुलेमानी बगदादको सडकमा टोलीसहित कारमा सवार थिए । सुलेमानीलाई मार्ने निर्देशन दिइसकेका ट्रम्पले उक्त दृश्य ह्वाइट हाउसबाट हेरिरहेका थिए ।

जब जब सुलेमानी चढेको कार अगाडि बढ्थ्यो तब तब सैनिक अधिकृतले उनलाई अवस्थाबारे जानकारी गराउँथे । ह्वाइट हाउसको सिचुएसन रुममा बसेका ट्रम्पलाई भन्थे – दुई मिनेट ११ सेकेण्ड बाँकी, कुनै भावुकता नहोस्, दुई मिनेट ११ सेकेण्ड बाँकी ।

‘उनीहरु हतियारसहितको कारमा छन् । अब उनीहरुसँग मात्र एक मिनेट बाँकी छ । तीस सेकेण्ड बाँकी छ ।’

दश, नौं, आठ…. यसरी नै गणना भयो ।

‘त्यतिनै बेला बमको आवाज आयो ।’

‘उनीहरु सक्किए सर,’ मिलिटरीले जवाफ दिए ।
ट्रम्पले सोधे- त्यो व्यक्ति कहाँ छ ?

सुलेमानी सक्किइसकेको जवाफ आयो ।

ट्रम्पले सुलेमानी मारिएको घटना प्रत्यक्ष हेरेको र सैन्य टोलीसँग सम्पर्कमा रहेर कुराकानी गरेको यसरी जानकारी दिए । सुलेमानी अमेरिकाका लागि खतरा रहेकाले मार्नुपरेको भन्दै घटनाको बचाऊ गरे । ईरान-अमेरिकाबीच सुलेमानी हत्यापछि विवाद भइरहँदा ट्रम्पको पछिल्लो भनाई आएको हो ।-एजेन्सी



प्रतिक्रिया दिनुहोस्