Logo

स्थापना दिवसका अवसरमा कविता प्रतियोगिता



पोखरा, ५ माघ : गुरुङ साहित्यिक मञ्च नेपालले आगामी चैत २१ गते मञ्चको तेस्रो स्थापना दिवसका अवसरमा कविता प्रतियोगिता गर्ने भएको छ । मञ्चको पोखरामा सम्पन्न बैठकले कविता प्रतियोगितासहित साहित्यिक प्रशिक्षण कार्यक्रमको आयोजना गरी स्थापना दिवस मनाउने निर्णय गरेको मञ्चकी अध्यक्ष गौरी तमूले जानकारी दिए ।

बैठकले कविता प्रतियोगिता सम्पन्न गर्न कवि चन्द्र गुरुङको संयोजकत्वमा मञ्चका प्रमुख सल्लाहकार एकेन्द्र गुरुङ र मञ्चकी अध्यक्ष गौरी तमू रहने गरी तीन सदस्यीय समिति गठन गरेको छ । मञ्चका सल्लाहकार योगेश गुरुङद्वारा स्थापित अक्षयकोषबाट पुरस्कार वितरण गर्ने गरी यस वर्षबाट मञ्चले कविता प्रतियोगिता आयोजना गर्न लागेको र प्रतियोगितामा भाग लिनेले इन्टरनेटको माध्यमबाट आफूले रचना गरेको कविता आयोजकलाई पठाउन सकिने जनाइएको छ । तमू कविहरूले मात्र भाग लिन पाउने उक्त प्रतियोगिताका लागि प्राप्त कवितामध्येबाट प्रथम, द्वितीय, तृतिया र सान्त्वाना हुनेलाई क्रमशः १० हजार, सात हजार, पाँच हजार र रु तीन हजार प्रदान गरिने छ ।रासस



प्रतिक्रिया दिनुहोस्