Logo

सुरज बैद्यलाई हटाउने मन्त्री भट्टराईको योजनामा ओली बाधक



काठमाडौं, ५ माघ । भ्रमण वर्षका राष्ट्रिय संयोजक सुरज बैद्यलाई हटाउन लागेका संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश कुमार भट्टराईको योजनामा प्रधानमन्त्री केपी शर्मा ओली बाधक बनेका छन् । भ्रमण वर्षको उद्घाटन कार्यक्रम नै सोचेअनुसार नभएको र यसको प्रमुख कारण संयोजक बैद्यको अहसयोग रहेको मन्त्री भट्टराईको गुनासो रहँदै आएको छ ।

पछिल्लो समय मन्त्री भट्टराईले बैद्यलाई हटाउने तयारी गरेका थिए । तर, बैद्यले भने सिधै प्रधानमन्त्री ओलीसँग भेटेर आफ्नो कुरा राखेका थिए । ओलीले पनि मन्त्री भट्टराईलाई फोन गरेर तत्काल बैद्यलाई सो भूमिकाबाट नहटाउन दबाब दिएको स्रोतको दाबी छ । यसअघि मन्त्री भट्टर्राईले संयोजक बैद्यलाई हटाउने तयारी गरेको समाचार आएका थिए । भ्रमण वर्षको उद्घाटन सत्रदेखि आजसम्मपनि मन्त्री भट्टराई र संयोजक बैद्यबीच खासै सुमधुर सम्बन्ध छैन् ।

भ्रमण वर्षको संयोजकबाट बैद्यलाई हटाईँदै



प्रतिक्रिया दिनुहोस्