Logo

९३ वर्षमा सुनको भाउ साँढे २६ सय गुणाले वृद्धि, २८ रुपैयाँबाट ७५ हजार



काठमाडौं, ५ माघ । आज सुन तोलाको मूल्य ७५ हजार रुपैयाँ छ । सुनको मूल्य सुन्दै सातो जाने अवस्था भइसकेको छ । तर, ९३ वर्षअघि सुनको नेपालमा प्रतितोला २८ रुपैयाँले सुन पाइन्थ्यो । ९३ वर्षमा सुनको मूल्य २६ सय ५४ गुणाले वृद्धि भएको छ ।

वि.सं. १९८३ मा सुन एक तोलाको २८ रुपैयाँ २५ पैसा पथ्र्यो । उक्त समयमा चाँदी एक तोलाको ७५ पैसा पथ्र्यो । चाँदीको मूल्य ११ सय ८६ गुणाले वृद्धि भएको छ । सुन–चाँदी मात्र होइन अन्य गहना र वस्तुको भाउ धेरै सस्तो थियो ।

त्यसबेला मट्टीतेल एक करुवा (दुई माना) को ५८ पैसा पर्दथ्यो । मट्टीतेलको मूल्य ९३ वर्षमा दुई सय गुणाले वृद्धि भएको छ । तामाको भाँडा प्रतिधार्नी ५ रुपैयाँ ३६ पैसा , काँसको भाडा प्रतिधार्नी पिटुवा ८ रुपैयाँ २५ पैसा र ढलुवा ६ रुपैया ५० पैसा पर्दथ्यो । ९३ वर्ष अगाडि खाद्यान्न पनि निकै सस्तो पाइन्थ्यो ।

आलु प्रतिधार्नी १६ पैसा थियो । अहिले आलु प्रतिधार्नी एक सय रुपैयाँभन्दा माथि छ । आलुको मूल्य छ सय गुणाले वृद्धि भएको छ । मकैको पिठो प्रतिधार्नी २५ पैसा, गँहु ३ मुरीको १ रुपैयाँ र नुन साढे ६ पाथीको १ रुपैयाँ मात्र पथ्र्यो । दैनिक उपभोग्य सामाग्रीको मूल्य ९३ वर्षमा हजार गुणाले सम्म वृद्धि भएको छ । विजुली एक युनिटको २ आना मात्र पर्दथ्यो ।



प्रतिक्रिया दिनुहोस्