Logo

युवा पुस्तालाई अगाडि बढाएमात्र देशको विकास



काठमाडौँ, ५ माघ : युवा पुस्तालाई अगाडि बढाएमात्र मुलुकको विकास हुने बताइएको छ । चन्द्रागिरी नगरपालिकामा रहेको ‘मङ्गलोदय सृजनशील समाज’को आज उद्घाटन कार्यक्रममा वागमती प्रदेशका प्रदेशसभा सदस्य एवम् उद्योग पर्यटन तथा वातावरण समितिका सभापति रमा आलेमगरले युवापुस्ता सङ्गठित भएमात्र समाज र देशको परिवर्तन हुनेमा जोड दिए ।

“तीनै तहका सरकारले यूवा पुस्तालाई सङ्ठित गरेर अघिबढाएमात्र सरकारले लिएको समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्य पुरा हुन्छ,” उनले भने । उनले समाजमा भएको विकृति विसङ्गतिको अन्त्य र समाज परिवर्तनका लागि मङ्गलोदय सृजनशील समाजका नाममा सामाजिक संस्था स्थापना गरेर युवापुस्ताले राम्रो कामको थालनी गरेको बताए ।

नगर प्रमुख घनश्याम गिरीले युवापुस्ता जुटे समाज र देशको प्रणाली नै परिवर्तन गर्नसकिने उल्लेख गर्नुभयो । “विस २०६२-०६३को जनआन्दोलन युवाकै कारण सफल भएको हो,” उनले भने । उनले नगरपालिकाभित्र पर्यटन क्षेत्र अग्रणी स्थानमा रहेकाले भ्रमण वर्ष–२०२०लाई सफल बनाउन आ–आफ्नो क्षेत्रबाट सबैलाई सहयोग गर्न आग्रह गरे ।

संस्थाका अध्यक्ष दिवाकर थापा, वडा नं १ का अध्यक्ष राजेन्द्रकुमार केसीलगायतले चन्द्रागिरीको विकासका लागि भर्खरै स्थापना भएको संस्थालाईसँगै लिएर अगाडि बढ्नुपर्ने सुझाव दिएका थिए ।रासस



प्रतिक्रिया दिनुहोस्