Logo

राष्ट्रियसभामा दुई प्रतिवेदन पेश



काठमाडौँ, ५ माघ : राष्ट्रियसभाको आजको बैठकमा दुई प्रतिवेदन पेश गरिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले ‘राष्ट्रिय मानवअधिकार आयोगको वार्षिक प्रतिवेदन, २०७५-७६’लाई सभासमक्ष पेश गरेका थिए ।

यसैगरी विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरुङले ‘सङ्घ, प्रदेश र स्थानीय तह (अन्तरसम्बन्ध व्यवस्थापन) विधेयक, २०७५’ सम्बन्धी समितिको प्रतिवेदन सभासमक्ष पेश गरेका थिए । रेल्वे विधेयक विधायन व्यवस्थापन समितिमा, पालेर्मो अभिसन्धि स्वीकृत भौतिक पूर्वाधार तथा यातायातमन्त्री नेम्वाङले ‘रेल्वे विधेयक, २०७६ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । प्रस्ताव बैठकले सर्वसम्मतले स्वीकृत गरेको छ ।

गृहमन्त्री रामबहादुर थापाले ‘अन्तरदेशीय सङ्गठित अपराध विरुद्धको महासन्धिअन्तर्गतको पालेर्माे अभिसन्धिको प्रावधानमाथि सदनमा छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरे । छलफलमा सांसदले भाग लिनुभएन । ‘अन्तरदशीय सङ्गठित अपराधविरुद्धको महासन्धिअन्तर्गतको पालेर्माे अभिसन्धिलाई स्वीकृत गरियोस्’ भन्ने प्रस्ताव बैठकमा सर्वसम्मतिले स्वीकृत भएको थियो ।



प्रतिक्रिया दिनुहोस्