Logo

‘आस्था राउत आउँदैछ भनेर पूरै सिक्किम हल्लिएको छ’



काठमाडौं, ५ माघ । विवादमा परेकी गायिका आस्था राउत यतिबेला भारतमा छिन् । उनी सिक्किमको मेलामा गायनका लागि पुगेकी छिन् ।

नेपालमा प्रहरी जवान रमिता श्रेष्ठलाई त्रिभुवन विमानस्थलमा अभद्र व्यवहार गरेको किटानी जाहेरीपछि खोजीमा रहेकी राउतले आफूलाई सिंगो सिक्किमले चासो दिएको दाबी गरेकी छिन् । राउतले सामाजिक सञ्जालमा भिडियो पोष्ट गर्दै भनेकी छिन्, आस्था राउत आउँदै छ भनेर पूरै सिक्किम हल्लिएको छ । भ्वाइस अफ नेपालको जज आउने खबरले सिक्किम नै हल्लिएको उनको दाबी छ ।

राउत भ्वाइस अफ नेपालकी जज थिइन् । गायनले लोकप्रीय बनेकी उनी पछिल्लो समय विवादमा परेकी छिन् ।



प्रतिक्रिया दिनुहोस्