Logo

राष्ट्रियसभा निर्वाचन : प्रदेश नं ५ मा ३०५ मतदाता



घोराही, ५ माघ : जिल्ला निर्वाचन कार्यालय दाङले प्रदेश नं ५ मा यही माघ ९ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा तीन पदका लागि ३०५ जना मतदाता रहेको जानकारी दिएको छ । कार्यालयले आज घोराहीमा राजनीतिक दल, सञ्चारकर्मी, नागरिक समाजलगायत सरोकारवालासँग निर्वाचनका बारेमा जानकारी दिएको हो ।

प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला निर्वाचन अधिकारी खुमप्रसाद सुवेदीले प्रदेशसभा सदस्य ८७ र स्थानीय तह प्रमुख र उपप्रमुख गरी २१८ मतदाता रहेको जानकारी दिए । उनका अनुसार निर्वाचनमा प्रदेशसभा ८७ सदस्यको ४१७६ मतभार रहेको छ भने स्थानीय तहका प्रमुख र उपप्रमुख २१८ जनाको ३९२४ रहेको छ । राष्ट्रियसभाको निर्वाचनका लागि दाङमा दुई मतदान केन्द्र स्थापना गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्